बजेट असन्तुलित भयो ,बाटो छलेर हिँड्नुपर्ने स्थिति छ ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती
काठमाडौं असार ११ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै आर्थिक वर्ष २०८०र८१ को बजेट असन्तुलित हुन गएको बताउनुभएको हो ।
उहाँले बजेट असन्तुलित भएकोमा माफी समेत माग्नुभयो । उहाँले बजेटको सिलिङ कम भएका कारण सांसदहरुले दिएका धेरै योजनाहरु समेट्न नसकेको बताउनु भयो ।
उहाँले सांसदहरुलाई खुशी बनाउन नसकेको भन्दै मन्त्रीले बाटो छलेर हिँड्नुपर्ने स्थिति रहेको बताउनु भयो। मन्त्री किरातीले सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी साना–साना बजेटका कार्यक्रमहरु समावेश गरिएको बताउनु भयो । त्यस्तै प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पुर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, ‘सदाझैँ यसपालि मन्त्रालयको सिलिङ बजेटको व्यवस्था भएन । हाम्रो मन्त्रालयमा जिरो थियो सिलिङ बजेट। पुरातत्व विभाग र पर्यटन विभागमाथि हामी भर पर्नु प¥यो । धरै योजनाहरु अटाउनै सकिएन। सबैको चित्त प्रशन्न बनाउनै सकिएन । बाटो छोडेर, छलेर हिँड्नुपर्ने स्थिति छ मन्त्रीको । स्वभाविक रुपमा बजेट असन्तुलन हुन गएको छ। त्यसको निम्ति यो सम्मानित सदनमा म क्षमाप्रार्थि छु। सांसदहरुको मागलाई हामीले लिपिवद्ध गरेर सम्बन्धित मन्त्रालय पठाएका थियौँ। त्यहाँ पनि बजेटको सीमाले योजनाहरु पर्न सकेन भनेर हामीले बुझ्दा राम्रो हुन्छ होला। बजेको सिमा करिब ४५ प्रतिशतले हाम्रो मन्त्रालयमा घटेर आयो । हुँदाहुँदै पनि सकभर देशभर सञ्चालन हुनेगरी बढीभन्दा बढी कार्यक्रमहरु समावेश गरिएको छ। समावेश गरिएका कार्यक्रमहरु धेरै साना–साना बजेटका छन् । प्रादेशिक सन्तुलनलाई ध्यान दिँदै प्रत्येक प्रदेशका महत्वपूर्ण सांस्कृतिक, धार्मिक एवं पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्ने गरी बजेट व्यवस्था गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्य सम्पन्न भएको सबैलाई अवगत नै छ।’
उहाँले पशुपतिमा रहेको जलहरीको विषयमा अख्तियारले छानविन गरिएको छ बताउनु भयो। उहाँले विमानस्थल थप्ने भन्दा पनि विमानस्थलको गुणस्तरमा ध्यान दिनुपर्ने बताउनु भयो। उहाँले नेपाल वायुसेवा निगममा कर्मचारी थप्न कुनै दबाब नदिएको स्पष्ट पार्नुभयो।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्