Techie IT
आईतबार, वैशाख २१,२०८२

संखुवासभा बाढी अपडेट : बेपत्ताहरुको खोजी जारी ( तस्बिरहरू )

बेपत्ताहरुको पहिचान खुल्यो ।


बेपत्ता भएकाहरुको खोजी जारी

सङ्खुवासभाको हेवाखोलामा आएको बाढीमा बेपत्ता भएकाहरुको खोजी गर्दै सुरक्षाकर्मी । जिल्लाको हेवा, पिलुवा र सभाखोलामा आएको बाढीमा बेपत्ता भएकाहरुको उद्दार, खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका छन् ।

तस्बिर :सुजन बज्राचार्य

गत शनिबार राति अविरल वर्षासँगै आएको बाढीपहिराका कारण २० जना अझै बेपत्ता छ्न ।

तस्बिर :सुजन बज्राचार्य

बाढीपहिरामा बेपत्ता हुनेहरु

बेपत्ता हुनेहरुमा सुपर हेवा हाइड्रोपावरका सुपरभाइजर सुनसरी इटहरीका सन्तोष ढकाल, चैनपुर नगरपालिका–४  का भुवनसिंह तामाङ,  चैनपुरका सुवास राई, सुपरभाइजर झापा गौराहदहका फैजबहादुर कार्की, धनकुटा पाख्रीबासका गणेश गिरी, इलामका राजकुमार मगर, झापाका मीना श्रेष्ठ (भान्से), कैलालीका रामजतन थारु, बर्दियाका राहुल थारु, रोहित थारु, पुलसन थारु, कालीराम थारु, राजराम थारु, कैलालीका सुगत थारु, अमर थारु, सीता थारु र सङ्खुवासभा पाँचखपनका दीपक मगर रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

यस्तै, सभापोखरी–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अपर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

तस्बिर :सुजन बज्राचार्य
तस्बिर :सुजन बज्राचार्य
तस्बिर :सुजन बज्राचार्य
तस्बिर :सुजन बज्राचार्य

क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #breaking, #hot, #अपडेट, #बाढी पहिरो, #बेपत्ता खोजी उद्दार, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Partly Cloudy
5:19 am6:41 pm +0545