Techie IT
शनिबार, असार ७,२०८२

पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण (तस्वीरहरू)


काठमाडौं, ६ असार । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ।

बुधबार बिहान चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सको जहाज पोखरामा सफल अवतरण भएको हो ।

चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सोही जहाजबाट स्वदेश फर्किएका छन् ।

जहाजमा अध्यक्ष तिमिल्सिनाको टीमसहित १३० जना यात्रु पोखरा आएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #brteaking, #पोखरामा पहिलो पटक अन्तर्राष्ट्रिय उडान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:07 am7:03 pm +0545