Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

घोराही सिमेन्टको आईपीओमा सीडीएससीले गरायो बोर्डलाई जानकारी झुटो आवेदन नदिन चेतावनी


४ असार, काठमाडौं । घोराही सिमेन्टको आईपीओमा झुटा आवेदन परेको छ । त्यस विषयलाइ सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको छ । सोमबार एक सूचना जारी गर्दै अध्ययन गर्न नेपाल धितोपत्रको सार्वजनिक निष्कासनमा हुने झुटा आवेदन नदिने सचेत गराएको हो । सीडीएस एण्ड क्लियरिङले घोराही सिमेन्टको आईपीओमा त्यस्तो आवेदन देखिएपछि बोर्डलाई पनि जानकारी गराएको हो ।

कम्पनीको आईपीओमा ठूलो संस्थाको सेयरको लागि आवेदन दिएको थियो । तर, बैंक खातामा पैसा नहुँदा ‘रिजेक्ट’ भएपछि झुटा आवेदन देखिएकोले बोर्डलाई जानकारी गराएको सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्