महेन्द्र नारायण निधी अस्पतालमा डा.कुँवरको नेतृत्वमा मृगौला लगायतका सेवाहरु २४ सै घण्टा हुने
बरिष्ठ मिर्गौला तथा मुत्ररोग बिशेषज्ञ सहित बिभिन्न बिधाका बरिष्ठ बिशेषज्ञद्वारा असार १ गते देखी महेन्द्र नारायण निधी अस्पताल पुन नयाँ सिराबाट संस्थाका कार्यकारी निर्देशक डा किरण जंग कुँवरको नेत्रित्वमा संचालन हुने भएको छ।
सामुदायिक अस्पतालको रुपमा रहेको महेन्द्र नारायण निधी अस्पतालमा सर्बसुलभ तथा गुणस्तरीय सेवा प्रदान गरिने कुरा कुँवरले स्पस्ट पार्नुभएको छ। यस अस्पताललाई नेपालकै पहिलो मिर्गौलाको रेफरल सेन्टर बनाएर आम सर्बसाधारणलाई चुस्त दुरुस्त सेवा दिने र हप्ताको ६ दिन नै बिहान र बेलुका गरी ओ.पि.डी सेवा संचालन गरिने कुरा उहाँले जानकारी दिनुभएको हो।
शहिद धर्मभक्त रास्ट्रिय प्रत्यारोपण केन्द्रमा बरिष्ठ मुत्ररोग तथा मृगौला प्रत्यारोपण बिशेषज्ञका रुपमा कार्य गरिसक्नुभएका कुँवरले यस अस्पतालमा डायलाईसिस सेवा साथै मिर्गौला प्रत्यारोपण सम्बन्धी ओ.पि.डी सेवा पनि दु्र्त गतिमा संचालन गरिने कुरा प्रस्ट पार्नु भएको छ।
“मृगौला जचाऊँ मृगौला बचाउँ” भन्ने अभियानका साथ मृगौला सम्बन्धी सेवा २४सै घण्टा उपलब्ध गराउन यस अस्पताल आतुर रहेको कुरा संस्थाका कार्यकारी प्रमुख कुँवरले बताउनु भयो। बिश्व स्वास्थ्य संगठनको “Health for All” भन्ने नारालाई आत्मसात गर्दै नि:शुल्क (FREE GENERAL OPD) सेवा बिहान १० बजे देखी बेलुकी ४ बजे सम्म यस महेन्द्र नारायण निधी अस्पतालमा संचालमा ल्याउने कुरा डा किरणले जोड दिनुभयो।
यस कार्यले आम सर्वसाधारणले औषधी पसलमा गएर हचुवाको भरमा चिकित्सकको परामर्श बिना औषधी सेवन गर्ने बिरामीहरुको न्युनिकरण हुने कुरामा दुई मत नरहेको कुरा कुँवरले बताउनुभयो।
क्याटेगोरी : समाचार
ट्याग : #महेन्द्र नारायण निधी अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्