Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

गोदावरी नगरपालिकाको ३ नम्बर वडामा ग्रेटर नेपालको नक्सा


ललितपुर,गोदावरी नगरपालिका वडा नं. ३ को कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिएको छ। वडाध्यक्ष राज घिमिरेले ग्रेटर नेपालको नक्सा राखेका हुन्।

भारतले इतिहासमा कतै नभएको नेपालको रुपन्देही कपिलवस्तु राखेर नक्सा बनाउँदा नेपालमा कोही कसैले बोल्ने आँट नगरेकाले जनस्तरबाट सन्देश दिन आफूले यसो गरेको घिमिरेले बताए ।

‘यथार्थलाई झल्काउन खाजेको हुँ, यो हाम्रो पुरानो सांस्कृतिक नक्सा हो,राष्ट्र र राष्ट्रियता भन्दा माथि अरु केही हुँदैन ।’

उनले भने, ‘हाम्रो इतिहास बोकेको नक्सा हो, यस्तो गौरवपूर्ण इतिहास नयाँ पिँढीलाई जानकारी दिन पनि आवश्यक हुन्छ भनेर मेरो सोच आयोे’।


क्याटेगोरी : समाचार
ट्याग : #ग्रेटर नेपालको नक्सा


तपाईको कमेन्ट लेख्नुहोस्