Techie IT
बुधबार, जेठ १,२०८२

तारकेश्वर चिम्बरपोखरीमा बर्ड फ्लू ,पशु चिकिक्सालयद्धारा झुटो बिवरण प्रस्तुत


काठमाडौं।तारकेश्वर चिम्बरपोखरीमा बर्ड फ्लू देखा परेको छ।बुधबार ढकाल एग्रोभेट फर्ममा बर्ड फ्लू फेला परेको हो।

र्फमका संचालक संजिव ढकालका अनुसार उक्त   फर्ममा ८० प्रतिशत भन्दा बढी कुखुरा मरेपछि पशु चिकित्सालय त्रिपुरेश्वरमा ल्याब टेष्ट गर्दा एच फाइभ देखिएको थियो।तर चिकित्सालयले एच नाइन हो भनि झुटो बिवरण उल्लेख गरेको छ । जब कि एच नाइनमा रोगी कुखुराको १२ प्रतिशत मात्र मृत्युदर हुन्छ,भने एच फाइबमा ८० प्रतिशत भन्दा बढी मृत्युदर संभावना हुने ल्याबको भनाइ छ।

बर्ड फ्लूका कारण २० हजार भन्दा बढी कुखुरा मरेका छन् । यो फर्ममा रहेका कुखुराको ८० प्रतिशत संख्या हो।मरेका कुखुराको व्यवस्थापनमा कठीनाई भएको फर्म संचालक ढकालले बताएका छन् ।
ती कुखुराको उचित व्यवस्थापन नहुँदा वरीपरीका बस्तीमा दुर्गन्ध फैलिएको छ ।
यसै गरि ढकाल एग्रोभेट फर्मदेखि करिव १०० मिटर टाढा रहेको अर्का फर्म वडा अध्यक्ष सानुकाजी खत्रीको फर्ममा समेत बर्ड फ्लू भेटिएको छ।

बर्ड फ्लू नियन्त्रण नियमावलि, २०७८ मा बर्ड फ्लू प्रभावित किसानलाई क्षतीपुर्ती दिलाएर मात्र नष्ट गर्नु पर्ने प्रावधान रहेको छ । तर चिकित्सालय भने किसानलाई क्षतिपूर्ति त परै जाओस सहजीकरण गर्ने कुरामा समेत पर भागेको फर्म सञ्चालकहरुको दुखेसो पोखेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #तारकेश्वर चिम्बरपोखरीमा बर्ड फ्लू


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:13 am6:46 pm +0545