विश्व बैंक,आईएलओमा कन्सल्टेन्ट भइसकेका इन्जिनीयर लक्ष्मण केसीले सिडेनको नेतृत्व लिँदै
काठमाडौँ । आगामी १३ जेठमा सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सातौ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन हुँदैछ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था सिडेनको केन्द्रीयसँगै प्रदेशहरूको समेत कार्य समिति चयन हुनेछ । कार्यकारिणी समितिको अध्यक्ष पदका लागि विभिन्न व्यक्तिहरूले उम्मेदवारी दिएका छन् ।
यसै क्रममा इन्जिनियर लक्ष्मण केसी प्यानलसहित अध्यक्षका लागि उम्मेदवारी दिएका छन् । विदेशमा आकर्षक जागिर छाडेर नेपालमा केही गर्ने सोचका साथ नेपाल फर्केका इन्जिनीयर केसीले सिडेनलाई प्रविधिमैत्री बनाएर सम्पूर्ण इन्जिनीयरको हक, हित र अधिकारमा लाग्ने बताएका छन् । उनले विगतमा आफूले गरेको काम र सिडेनमा गरेको योगदानको आधारमा विजयी गराउने अपेक्षा राखेको बताएका छन् ।
सिडेनका संस्थापक तथा पूर्व उपाध्यक्षसमेत रहेका केसीले यो पटकको नेतृत्व आफूले पाएमा धेरै काम गर्ने बताए । अक्मी इन्जिनियरिङ कलेजबाट इन्जिनियरिङ विषयमा स्नातक तह उत्तीर्ण गरेका केसीले अमेरिकाको युनिभर्सिटी हवाईबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेका छन् ।
केसीले विश्व बैंक, आईएलओ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूमा कन्सल्टेन्टको रूपमा समेत काम गरिसकेका छन् । अमेरिकामा मास्टरको पढाई सकेपछि केही समय पेशागत काम समेत गरेका थिए । त्यसपछि नेपाल फर्किएर अहिले आफ्नो कर्मसँगै सामाजिक कार्यमा समेत सक्रिय छन् ।
अहिले उनी नेपाल इन्टिग्रिडेड रिसर्च एण्ड डेभ्लपमेन्ट फाउन्डेशनको एक्जुकेटिभ डाइरेक्टर छन् । त्यस्तै एक्जुकेटिभ कन्सल्टिङ इन्जिनियर्स एण्ड प्लानर्सको डाइरेक्टर समेत छन् ।
के छन् योजना ?
सिडेनको निर्वाचनमा ६ हजार भन्दा बढी इन्जिनियरहरूले निकै उत्साह र उमंगका साथ हेरेका छन् । त्यसका लागि उनीहरूले राम्रो मिसन र भिजन भएको सक्षम उम्मेदवार खोजिरहेका छन् । इन्जिनियर केसीले उक्त मिसन र भिजन आफूसँग रहेको दाबी गरे ।
अहिले देशको माग नै युवा, डेलिभरी भएको, केही नयाँ गर्न सक्ने खालको हुनुपर्छ भन्ने रहेको भन्दै संस्थाहरूमा पनि यस्तै चाहिने उनले बताए । ‘हाम्रो संस्थामा पनि राम्रो, उर्जावान, सक्षम खालको व्यक्ति आउनुपर्छ भन्ने आम इन्जिनियर साथीहरूको चाहना हो । त्यसका लागि लागि मेरो उम्मेदवारी हो’ केसीले भने ।
उनले अगाडि भने, उपाध्यक्ष भएको बेला थुप्रै काम गरिसकेको छु । राष्ट्रिय कन्फ्रेन्सको आयोजना गर्नेदेखि लिएर विभिन्न समितिमा चेयरमेनको रूपमा कामको अनुभव छ । सबै कुराले अरू उम्मेदवारहरूभन्दा म सक्षम छु ।’
प्रत्येक २÷२ वर्षमा सिडेनको निर्वाचन हुँदै आएको छ । यो नितान्त आन्तरिक चुनाव भएकाले यहाँ हार र जितको भन्दा पनि संस्थालाई कसरी अगाडि बढाउने भन्ने कुराको कार्यदिशामा केन्द्रीत भएको उनको भनाई छ ।
‘हाम्रा थुप्रै खालका समस्या, चुनौती छन् । राज्यसँग लड्नुपर्ने थुप्रै विषय छन् । ती सबै कुरामा हामी दृढ भएर अगाडि बढ्छौ । सम्पूर्ण इन्जिनियरहरूको हक हितका लागि लड्छौं ।’ केसीले भने ।
अहिले मुलुकका इन्जिनियरहरूको माग र उत्पादनबारे कहीँ कतै अध्ययन नभएको उनको भनाई छ । ‘हामीसँग कति इन्जिनियर छन् । नेपालमा कतिले पढिरहेका छन् भन्ने जानकारी त आउँछ । तर बाहिर देशबाट पनि पढेर आउँछन् । उनीहरूको यकिन डाटा आएन । नेपाल इन्जिनियरिङ काउन्सिलले बल्ल लाइसेन्स दिन थालेको छ । अब यकिन तथ्यांक आउन सक्छ कि रु’ उनले भने ।
इन्जिनियरहरूको पेशागत हकहितका लागि समेत आफूले काम गर्ने भन्दै उनले भने, ‘हामीले उचित मूल्यमा काम गर्न पाएका छैनौं । हामीभित्रमा पनि दक्षताको कमी छ । त्यसका लागि अभिमुखीकरण चाहिन्छ ।’ अभिमुखीकरणमा लाग्ने उनको भनाई छ । सबै इन्जिनियरहरूले आफूलाई अत्यधिक मत दिएर विजयी गराउनेमा आफू पूर्ण विश्वस्त रहेको उनले बताए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्