टोखा केव स्विमिङपुल : गर्मीमा बच्चा देखी बृद्ध सम्मको प्रमुख गन्तब्व
टोखा । जेठ महिनामा पर्याप्त पानी नपरेका कारण काठमाडौं आसपास गर्मी बढेको छ । अधिक गर्मी बढेका कारण शहरका स्विमिङ पुलमा मानिसहरुको भीड लाग्न थालेको छ ।
गर्मीमा पौडीको वयानै गर्न नसकिने मज्जा हुने भएकाले धेरै मानिसहरुको दिन कटाउने थलो स्विमिङ्ग पुललाई बनाउन थालेका छन् । कतिपय युवा साँझ परेपछि दुई घण्टासम्म स्विमिङ खेल्ने गरेको बताउँछन् ।
बढ्दो गर्मीका कारण पौडी पारखी बनेर तीन बर्षका बालकदेखि ६० बर्षीय जेष्ठ नागरिकसम्मलाई एउटै स्विमिङ्ग पुलमा भेट्न सकिन्छ । कतिपयले पौडी शौख र फेसनजस्तो बन्दै गएको अनुभूति सुनाउने गरेका छन् । कोही एकपटकका लागि भनेर पौडी खेल्न गएकाहरु पनि पौडीका अम्मली बनेका छन् ।
‘गर्मीमा एक दिन पौडी खेलिएन भने मलाई छटपटी हुन्छ, रातमा निद्रा नपरेजस्तो अनुभव हुने गरेको छ’ टोखा धापासीका गोपाल भण्डारी आफूलाई लागेको लत सुनाए ।
त्यस्तै टोखा २ का रोशन डंगोल केही दिनयता बढेको गर्मी छल्न स्विमिङ्गको साहारा लिँदै आएका छन् । उनी भन्छन् ‘यो उर्खरमलो गर्मीको सिजनमा पौडी जीवनको दैनिकी बनेको छ । पौडी गर्मी छल्ने उपाय मात्रै नभएर शरीरलाई स्वस्थ्य राख्ने माध्यमसमेतका भएको बताए ।
युवायुवतीको जमात टोखा भुतखेलमा रहेको टोखा केव स्विमिङ्गमा जम्ने गरेका छन् ।
पौडीमा रमाउने ४ वर्ष बालबालिकादेखि ५० वर्षसम्मका भेटिन्छन् । टोखा केवका संचालक प्रसान्त डंगोलका अनुसार त्यहाँ ‘बिदाका दिन १ सय देखि २ सयजना स्विमिङ्ग खेल्न आउँछन् ।
हाल यो बालबालिका देखि युवाको लागि राम्रो गन्तव्य बन्न पुगको छ । फराकीलो क्षेत्रफलमा फैलिएको पार्कभित्र अग्लो स्थानबाट पानीसँगै चिप्लेटी खेल्न पाइने स्पाइसी पुलजस्ता रोमाञ्चक खेलहरू खेल्न सकिन्छ ।



क्याटेगोरी : पर्यटन
ट्याग : #टोखा केव स्विमिङपुल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्