भारत भ्रमणमा रहेका प्रचण्डलाई बाबुरामको प्रश्नः हामी कता जाँदैछौं ? देश कता जाँदैछ ?
जेठ । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वेदश फर्किदै छन् । भ्रमणका क्रममा उनले तेस्रो दिन हिजो शुक्रबार मध्यप्रदेशको उज्जैनस्थित प्रसिद्ध महाकालेश्वर मन्दिर पुगेर पूजाअर्चना गरेका थिए ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रचण्ड धार्मीक बन्दै पूजाअर्चनामा व्यस्त बनेपछि सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ ।
उनको धार्मीक पूजालाई कतिले सकारात्मक दृष्टिकोणले व्याख्या गरेका छन् भने कतिले कम्युनिष्ट प्रधानमन्त्री प्रचण्ड आफ्नो देशको धार्मीक स्थल बारे जानकारी नराख्ने तर अर्का देश पुगेपछि भगवानप्रति आस्था राखेर पूजाअर्चना व्यस्त हुने भन्दै टिप्पणी गरेका छन् ।
यसैबीच, नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि प्रधानमन्त्री प्रचण्डको पूजाअर्चनाको तस्वीरलाई छोटो टिप्पणी गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा प्रचण्डले पूजाअर्चना गरेको तस्वीर राख्दै भट्टराईले भनेका छन्, ‘हामी कता जाँदैछौं ? देश कता जाँदैछ ?’

यसअघि हिजो नै राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रचण्डको सोही तस्वीर राख्दै यो रुपान्तरण स्थायी होस्, रणनीतिक नहोस् भन्दै कामना गरेका थिए ।
थापाले सनातन धर्म संस्कृति र परम्परा रक्षागरेर पनि देश विकास गर्न सकिने भन्दै नेपालमा धर्मनिरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलो रोक्न समेत प्रधानमन्त्री प्रचण्डको ध्यान जाने अपेक्षा रहेको उल्लेख गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्डलाई बाबुरामको प्रश्नः
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्