आउँदो बुधवार र बिहीवार देशभर हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना
काठमाण्डाै – आउँदो बुधवार र बिहीवार अर्थात् यही जेठको १० र ११ गते देशभर हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले बुधवार र बिहीवार हावाहुरी र वर्षाको सम्भावना रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । जेठ १० गते सुदूरपश्चिमबाट प्रवेश गर्ने जलवाष्पयुक्त वायु देशभरि नै फैलिएर दुई दिनसम्म प्रभाव पार्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
तीव्र गतिको हावाहुरीको सम्भावना भएको हुँदा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बढी सावधानी आवश्यक रहेको उहाँले बताउनुभयो । भारतको मौसम विभागले राजस्थानबाट उत्तराखण्डसम्म जेठ १० र ११ गतेको लागि अलर्ट जारी गरिसकेको छ । राजस्थानबाट उत्तराखण्डसम्म प्रभाव पार्ने प्रणालीकै असर नेपालमा पनि देखिन लागेको हो ।
हावाहुरीका कारण रुख लगायत अरु कमजोर संरचनाहरु ढल्न सक्ने भएकोले सावधानी अपनाउन जलवायु एवम् विपद् विज्ञ उप्रतीको सुझाव छ । चट्याङ समेत पर्ने भएकाले बिजुली चम्किँदा पोखरी, ताल वा बाथरुममा समेत नबस्न, घर बाहिर ननिस्कन र फलामजन्य वस्तु नछुन उहाँको सुझाव छ ।
मौसम पूर्वानुमान् महाशाखाले पनि जेठ १० गते देशका धेरैजसो ठाउँमा बदलीसहित वर्षा र चट्याङको सम्भावना रहेको उल्लेख गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #चट्याङ र असिनापानी, #हावाहुरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्