Techie IT
बुधबार, जेठ १,२०८२

माओवादीका चार पदाधिकारीसहित २० सदस्यीय टोली चीन प्रस्थान


काठमाडौं। सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चिनको छिन्दुका लागी प्रस्थान गरेको भ्रमण दलका सदष्य जीपी मैनालीले जानकरी दिए । उनीहरु आज छिन्दु प्रस्थान गरेको हो ।

भ्रमण दलमा माओवादीका उपाध्यक्ष समेत रहेका पुर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरु सहित केन्द्रिय नेताहरु रहेको मैनालीले बताए। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #माओवादीका चार पदाधिकारीसहित २० सदस्यीय टोली चीन प्रस्थान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:13 am6:46 pm +0545