ग्रीनसिटी अस्पतालको चरम लापरबाही : म्याद गुज्रेको औषधि खुवाउदा बिरामीको मृत्यु
काठमाडौँको धापासी ८ बसुन्धारामा सञ्चालीत ग्रिन सिटी अस्पतालले विरामीलाई म्याद गुज्रिएको औषधी चलाएको तथ्य फेला परेको छ ।
एड्रेनालिन नामक म्याद गुज्रिएको इन्जेक्सन् विरामलाई लगाइको भेटिएपछि अस्पताल सोमबार तनावग्रस्त बन्यो ।
फोक्सोमा पानी जमेका कारण गोरखाका ६२ बर्षीय लोकनाथ भट्टलाई गत आइतबार उपचारका लागि ग्रिन सिटी अस्पताल अस्पताल पु¥याइएको थियो ।
रक्तचाप कम भएपछि सन्तुलनमा ल्याउन भट्टलाई एड्रेनालिन नामक औषधीको ७ वटा इन्जेक्सन् दिइएको थियो । तर ति ७ वटै एड्रेनालिन औषधीको म्याद गुज्रिसकेको थियो ।
म्याद गुज्रिएका औषधी राखेर ७ वटा इन्जेक्सन् विरामीलाई घोच्दासम्म न चिकित्कसले ध्यान दिए न त विरामीका आफन्तले चाल पाए ।
२०२२ मे मा उत्पादित मिति उल्लेख भएको यो औषधीको म्याद सकिने मिति २०२३ अप्रिलसम्म छ ।
अर्थात भट्टलाई प्रयोग गरिएको यो औषधीको म्याद सकिएको डेढ महिना वितिसकेको पाइएको छ ।

म्याद गुज्रिएकै औषधीका कारण विरामी मृत्यु भएको आफन्त दाबी
ग्रीन सिटी पु¥याउनु अघि विरामीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पु¥याइएको थियो । तर त्यहाँ आइसियु बेड नपाएपछि आफन्तले विरामीलाई ग्रीन सिटी लगेका थिए । यद्यपि त्रिविका चिकित्सले विरामीको अवस्था गम्भिर नै रहेको जानकारी गराएको थिए ।
ग्रीन सिटीमा पनि उनलाई आईसीयूमा राखेर उपचार भइरहेको थियो । तर गम्भिर अवस्थाका भट्टको उपचारकै क्रममा सोमबार दिउँसो मृत्यु भयो ।
मृतकका आफन्तले अस्पतालको फार्मेसीले दिएको म्याद सकिएको औषधिकै कारण मृत्यु भएको भन्दै साँझ पाँच बजेतिर फार्मेसी तोडफोड नै गरे ।
विरामीको मृत्यु भएको जानकारी अस्पतालले दिएपछि बाँकी रहेको एड्रेनालिन नामक औषधी फिर्ता गर्न आफन्तहरु फार्मेसीमा पुगेका थिए । तर, फार्मेसीले म्याद सकिएको भन्दै औषधी फिर्ता लिन मानेन ।
जब कि उक्त औषधी ग्रीन सिटीकै फार्मेसीले नै बिक्री गरेको थियो ।
फार्मेसी औषधी फिर्ता लिन नमानेपछि म्याद सकिएको औषधी विरामीलाई प्रयोग गरिएको तथ्य बाहिरिएको थियो । उपचारका क्रममा भट्ट परिवारको साढे दुई लाख रुपैयाँ खर्च भइसकेको थियो ।
पटक पटक विवादमा परिरहने यस ग्रिनि सिटी अस्पताल यसपटक म्याद गुज्रिएको औषधीका कारण विवादमा परेको छ ।
विरामीको स्वास्थ्यमा खेलवाड गरेको भन्दै मृतकका आफन्त अस्पतालप्रति आक्रोशित भएका थिए ।
म्याद गुज्रेकै औषधिका कारण भट्टको ज्यान गएको हो वा होइन एकिन भइसकेको चाहिँ छैन । तर विरामीलाई प्रयोग गरिएको औषधी भने म्याद सकिएको भेटिएको छ ।
औषधी बिक्री गर्ने फारमेसिस्ट यो घटनापछि फरार भए । तर फार्मेशीका संचालकलाई भने आफन्तले घेराबन्दीमा राखेका थिए ।
प्रहरीले म्याद गुज्रिएको औषधि बिक्री गरेको आरोपमा फार्मेसीमा कार्यरत एक जनालाई नियन्त्रणमा लिएको छ । तोडफोडपछि अस्पतालको फार्मेसी बन्द गरिएको छ । यता म्याद सकिएको औषधीका विषयमा औषधि व्यवस्था विभागले पनि अनुगमन गरिरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ग्रीनसिटी अस्पतालको चरम लापरबाही म्याद गुज्रेको औषधि खुवाउदा बिरामीको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्