बुद्धको ७२ एटिआरबाट तुम्लिङटारमा उडान सुरु (फोटोफिचर)
खाँदबारी – विश्वकै सबैभन्दा गहिरो अरुण उत्पत्यकामा रहेको तुम्लिङटार विमानस्थलमा मंगलबारदेखि ७० यात्रु क्षमता भएको फ्रेन्च–इटालियन विमान एटीआर–७२ ले काठमाडौंबाट सिधा उडान थालेको छ ।

तुम्लिङटार विमानस्थल प्रमुख भानु कोइरालाका अनुसार, बुद्ध एयरको एटीआर–७२ विमानले परीक्षण उडान सफल भएको झन्डै एक वर्षपछि तुम्लिङटारमा ठूलो एटीआर विमानबाट व्यावसायिक उडान सुरु गरेको हो । सातामा ५ दिन ७० यात्रु क्षमताको एटीआर र २ दिन ४७ यात्रु क्षमता भएको एटीआर–४२ विमानबाट व्यावसायिक उडान हुने छ ।

नेपालमा पोखरा र सुर्खेतपछि यो विमानले मध्यपहाडको खोचमा पर्ने तेस्रो गन्तव्य तुम्लिङटारमा व्यावसायिक उडान थालेको छ । २०२९ सालदेखि उडान शुरु भएको तुम्लिङटारमा १९ देखि ५० सिट क्षमताका विमानले उडान गर्थे ।

एक दशक अघि बुद्धले १९ सिटको बिचक्राफ्ट विमानबाट तुम्लिङटारमा उडान थालेको थियो । यात्रुको चाप बढ्दै गएपछि उसले ४७ सिटको एटीआर–४२ बाट उडान गरेको थियो ।



क्याटेगोरी : फोटो फिचर, समाचार
ट्याग : #hot, #तुम्लिङटार बिमान स्थल, #फोटो कथा, #बुद्ध एयर, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्