Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

सहकारी लुटेर भागेका दुईजना भरुवा बन्दुकसहित मकवानपुरबाट पक्राउ


काभ्रेको पनौती नगरपालिका-७ स्थित पनौती सामुदायिक सहकारी लुटपाटमा संलग्न आरोपमा दुईजना मकवानपुरबाट पक्राउ परेका छन् ।

वैशाख १७ गते सहकारीबाट ३३ लाख रूपैया चोरी गरी फरार रहेका दुईजनालाई काभ्रे तथा मकवानपुर प्रहरीको संयुक्त टोलीले मकवानपुर इन्द्रसरोबर गाउँपालिका-५ बाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा इन्द्रसरोबर-५ बस्ने ३० वर्षीय अशोक रुम्बा र ३५ वर्षीय अकबर लामा रहेको प्रहरीले बताएको छ । उनीहरूको साथबाट प्रहरीले नगद ५ लाख ४५ हजार, एक थान एकनाले भरुवा बन्दुक र रडसमेत बरामद गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सहकारी लुटेर भागेका दुईजना भरुवा बन्दुकसहित मकवानपुरबाट पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्