डाँकासँग साठगाठ भएका डीएसपी ढुंगेलमाथि छानबिन
काठमाडौं ।डकैत समूहसँग टेलिफोन सम्पर्कमा देखिएपछि नेपाल प्रहरीका डीएसपी कुमुद ढुंगेलमाथि प्रहरी मुख्यालयले छानबिन थालेको छ । मुख्यालयले महानगरीय प्रहरी अपराध महाशाखालाई विस्तृत छानबिन गर्न निर्देशन दिएको हो । गृहसचिव प्रेमकुमार राईले आईजी सर्वेन्द्र खनाललाई घटनाबारे विस्तृत छानबिन गर्न निर्देशन दिएका थिए ।
यता नेपाल प्रहरीले साठगाठ बारे छानबिन प्रकृया अगाडि बढाएको छ । रानीबारीका लालेन्द्र शेरचन्दको घरमा डाका गरेको समूहका विक्रम श्रेष्ठले डीएसपी ढुंगेलको मोबाइलमा सन्देश पनि पठाएका थिए । श्रेष्ठले प्रहरी बयानमा जग्गाको विषयमा डीएसपी ढुंगेलसँग भेट नै गरेको दाबी गरेका छन् । स्रोतका अनुसार नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्न्यातसँग समेत ढुंगेलको निरन्तर संवाद हुँदै आएको रहस्य खुलेको छ ।
बस्न्यात अहिले केन्द्रीय कारागार सुन्धारामा छन् । अनुसन्धान अधिकारीले बस्न्यात–ढुंगेल फोन सम्वादको अडियो सुरक्षित राखेका छन् । ‘बस्न्यात र ढुंगेल आफन्त रहेको र नातासम्बन्धका आधारमा बस्न्यातलाई ढुंगेलले संरक्षण गर्दै आएको पाईएको छ । कर्तव्य ज्यान मुद्दाका अभियुक्तसँग पटकपटक सम्पर्कमा रहनुले पनि ढुंगेलको भूमिका शंकास्पद देखिन्छ ।
यसबारेमा प्रहरीले गरेको छानबिनका क्रममा बस्न्यात र ढुंगेलबीच १ सय ६० पटक फोन सम्वाद भएको पत्ता लागेको समाचार छ । मुख्यालयले डीएसपी ढुंगेललाई बयान समेत लिन महाशाखालाई निर्देशन दिएको छ भने मुख्यालयको सचिवालयले छुट्टै छानबिन थालेको छ ।
आईजी खनालले उक्त बिषयमा आन्तरिक छानबिन सुरु भइसकेको र दोषी देखिए कारवाही गर्ने बताउदै आएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #डीएसपी ढुंगेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्