Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाजमा समस्या, बीचबाटै फर्कियो


काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ ।

चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । तर, कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन ।

उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो । भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९ बजेपछिमात्रै काठमाडौंतर्फ उडेको थियो ।

करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको स्रोतले बतायो ।


क्याटेगोरी : समाचार
ट्याग : #श्री एयरलाइन्सको जहाज


तपाईको कमेन्ट लेख्नुहोस्