Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

काभ्रेस्थली स्थीत ॐ शिवपुरी सहकारीको भवन उदघाटन


तारकेश्वर काठमाडौं । काभ्रेस्थलीमा रहेको ॐ शिवपुरी बचत तथा ऋण सहकारीको भवन उदघाट कार्यक्रम सम्पन्न भएको छ।
२०६६ सालमा स्थापना भएको यो सहकारीको १६ औं स्थापना दिवसको अवसरमा आज एक कार्यक्रमका विच काठमाडौ क्षेत्र न ६ का सघिय सासद तथा पुर्व शिक्षा मन्त्री शिशिर खनालले भवनको समुदघाटन गर्नु भएको हो ।

उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै भने पछाडि परेको वर्गले सबै ठाउँमा सम्मान अधिकार पाउन पछ सहकारीले समानतामुलक काम गर्नुपरछ पछिल्लो समयमा सहकारीहरुको समस्या आएको र समस्याहरु आफुले संसदमा पनि उठाईरहेको बताए। कार्यक्रममा बागमती प्रदेससभाका सदस्य अमन मास्केले सहकारी नेपाल को लागि अर्थतन्त्रको खम्बा रहेको र महत्त्वपूर्ण योगदान रहेको छ।

समाज रुपान्तरण को लागि सहकारी एउटा महत्त्वपूर्ण अौजार रहेको छ उहाँले भने रोग लाग्नु भन्दा रोग लाग्न नदिनु राम्रो हो , सहकारी अभियानताहरु सजग हुनुपर्ने बताए ।सस्थाको अध्यक्ष रविन्द्र केसीले भने सहकारीले कोभिडको समस्या परेको बेला राहत वितरण गरिएको र विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको र नवनिर्मित भवन रकम सटसट्टी लाख सईतिस हजारमा भवन बनेको बताए ।

कार्यक्रमा स्थानिय जनप्रतिनिधिहरु , राजनैतिक दलका प्रतिनिधि , सहकारी एवं सामाजिक अभियान्ताहरुको उपस्थीती रहेको थियो ।
ॐ शिवपुरी बचत तथा ऋण सहकारीको भवन निमार्णको लागत दुई कारोड ६ लाख रुपौयामा ६ आना क्षेत्र फलमा बनेको छ । सहकारीमा २५२३ जना सदस्यहरु रहेका छन ।

 


क्याटेगोरी : समाचार
ट्याग : #ॐ शिवपुरी सहकारीको भवन


तपाईको कमेन्ट लेख्नुहोस्