नक्कली भुटानी शरणार्थी प्रकरणको ‘इपिसेन्टर’ कांग्रेस र माओवादीभित्रै ! (भिडिओ)
वैशाख । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणको केन्द्रविन्दु अर्थात् इपिसेन्टर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रभित्रै रहेको तथ्यहरू क्रमश: उजागर हुँदै गएका छन् ।
पछिल्लो समय यो प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण, निवर्तमान उपराष्ट्रपति एवम् नेकपा माओवादी केन्द्रका पूर्व नेता नन्दबहादुर पुन ‘पासाङ’ का छोरा दीपेश पुन र माओवादी केन्द्रकै सांसद रेशमबहादुर जुग्जाली र उनको समूहकै संलग्नता उजागर भएको छ ।
खाण यो प्रकरणका मुख्य व्यक्ति भएको तथा जुग्जाली र उनको समूहका हाइड्रो व्यवसायी पूर्णबहादुर पुन, यामबहादुर फगामी र कृष्ण शर्मालगायतले सर्वसाधारणसँग करोडौं रुपैयाँ असुलेको तथ्यहरू पनि बाहिरिएको छ । यस्तै, दीपेश पुन यसअघि पक्राउ परेका इन्द्रजित राई र सन्दीप रायमाझीले बयानका क्रममा लिएका नाम हो । उनीहरूले बयान दिने क्रममा दीपेशको पनि नाम लिएका हुन् । तर, ठोस प्रमाण नपुगेर दीपेश पुन अहिले पक्राउ हुनबाट जोगिएका छन् ।
केही दिनअघि यो प्रकरणमा संलग्न रहेको भन्दै नेकपा एमालेका नेताहरू रामबहादुर थापा बादलका छोरा प्रतिक थापा, टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीको चर्चा चलाइएको थियो । तर, त्यसको दुई दिन बित्न नपाउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग जोडिएका विभिन्न नेताहरू र सांसदहरू समेत यो प्रकरणमा तानिएका हुन् ।
घटनाको श्रृङ्खलाहरूलाई नियाल्दा यो प्रकरणमा प्राय: सबै ठूला दलका उच्च तहका नेताहरू र तिनका आफन्तहरू नै बढी संलग्न रहेको पाउन सकिन्छ । तर, नेपाली कांग्रेस र नेकपा माओवादीभित्रका नेताहरू यो काममा बढी संलग्न भएको अहिलेसम्मको अवस्थाले देखाएको छ ।
अहिले नेकपा एमालेमा रहेका र यो प्रकरणमा मुछिएका भनिएका रामबहादुर थापा र टोपबहादुर रायमाझी पूर्वमाओवादी नेताहरू हुन् । यो प्रकरण पनि लामो समयदेखि जेलिदै आएको प्रहरीको अनुसन्धानहरूले दखाइरहेको अवस्थामा कांग्रेस र माओवादीभित्रका नेताहरूमा यो प्रकरण केन्द्रित रहेको अनुमान गर्न सकिन्छ ।
जे होस् ढिलोचाँडो समस्या उजागर भएको छ । संलग्नहरू सबैलाई कानुनी दायरामा ल्याउनु अहिलेको सरकारको चुनौती हो । यो चुनौतीको सामना गर्दै कारबाही अघि बढाएर अन्य घोटाला र भ्रष्टाचारको फाइल समेत खोल्नुपर्ने आवश्यकता देखिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नक्कली भुटानी शरणार्थी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्