Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

बुद्धजयन्तीको अवसरमा स्वयम्भुका भक्तजनलाई निःशुल्क पानी र जुस वितरण


 

काठमाडौँ । बुद्धजयन्तीको अवसर पारेर काठमाडौँको स्वयम्भुमा निःशुल्क पानी र जुस वितरण गरिएको छ ।

तामाङ ह्युल्ला छार म्हेन्दो समाजले आज २५६७ औँ बुद्धजयन्तीको अवसरमा स्वयम्भु क्षेत्रमा निःशुल्क पानी र जुस वितरण गरेको हो ।

आज विहान ७ बजेदेखि सुरु भएको उक्त कार्यक्रम साँझसम्म चल्ने समाजका कार्यवाहक अध्यक्ष श्यामबहादुर लामाले जानकारी दिनुभयो । उक्त समाजमा हाल ३० घरधुरी रहेको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि उमेश भुवाईँ, रमेश श्रेष्ठ, हरिदेवी श्रेष्ठ, नारायण डोटेल, दिपिका उपाध्याय, अर्जुनकुमार शिवाकोटी, रहरसिंह तामाङ, खम्बाध्वज लामा, धावा लामा, मनोहरकुमार लामा, पेमा लामा, रुपा लामा, रामशरण योञ्जन, पूर्णबहादुर स्याङताङले सहयोग गर्नुभएको छ ।

यस्तै, मञ्जु बुढाथोकी, विनोद तामाङ, अर्जुन खड्का, चन्द्रबहादुर योन्जन, केशव घिसिङ, बलराम गुरुङ, शुक्र मोक्तान, मनकुमारी गुरुङ, शोभितमान लामा, सन्तबहादुर लामा, रामबहादुर घिसिङलगायतले सहयोग गर्नुभएको कार्यवाहक अध्यक्ष श्यामबहादुर लामाले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्