नक्कली भुटानी शरणार्थी प्रकरणमा माओवादीका सांसद जुग्जालीको समूह पनि सक्रिय !
वैशाख । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ ।
अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंले हेरिरहेको छ ।
विभिन्न जिल्लाका नागरिकबाट पैसा असुल गरेको आरोप लगाउँदै परिसरमा अहिलेसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् । यद्यपि योभन्दा धेरै संख्यामा पीडित भएको अनुमान गरिए पनि अन्य व्यक्ति सम्पर्कमा आइनसकेको प्रहरीले जनाएको छ ।
ठगी प्रकरणमा देशका उच्चतम नेता तथा सरकारी कर्मचारीहरु तानिँदै गर्दा म्याग्दीमा अर्को गिरोह सक्रिय रहेको देखिएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै स्थानीयसँग पैसा असुल्दै म्याग्दीमा ठगी गरेको घटना बाहिरिएपछि यस प्रकरणमा अर्को गिरोहको समूह चार वर्ष अघिदेखि नै सक्रिय रहेको खुलेको हो ।
२०७६ सालदेखि म्याग्दीका विभिन्न स्थानबाट सर्वसाधारणलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाएर ठगी गर्ने गिरोहमा नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश सभा सांसद रेशमबहादुर जुग्जाली (सुविन)को समेत संलग्नता रहेको देखिएको छ ।
सांसद जुग्जालीसहित म्याग्दीका हाइड्रो व्यवसायी पूर्णबहादुर पुन, यामबहादुर फगामी, कृष्ण शर्मा लगायतले सर्वसाधारणलाई भुटानी शरणार्थी बनाएर अमरिका पठाउने भन्दै पैसा असुल्दै ठगी गरेको स्रोतको दाबी छ ।
माओवादी नेता जुग्जाली गत मंसिर ४ को निर्वाचनमा म्याग्दी प्रदेश सभा (ख) बाट निर्वाचित सांसद हुन् । सांसद जुग्जाली यसअघि मालिका गाउँपालिका ७ का वडा अध्यक्ष थिए । सोही समयदेखि उनको समूहले म्याग्दीका स्थानीयलाई अमेरिका पठाइदिने भन्दै पैसा असुली गरेको स्रोतको दाबी छ । तर उनीहरुले अमेरिका पनि पठाउन नसकेको र पैसा पनि फिर्ता नगरेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।
सांसद जुग्जालीको समूहले भुटानी शरणार्थीको नाममा अमेरिका पठाउने भन्दै लाखौं पैसा उठाएर ठगी गरेको पीडितको आरोप छ ।
यता, माओवादी नेता जुग्जाली भने आफूले अमेरिका पठाउने नाममा कसैसँग पैसा नउठाएको र घटनामा कुनै संलग्नता नरहेको दाबी गरेका छन् । उनले ४ वर्ष अघिदेखि आफ्नोविरुद्धमा नियोजित रुपले अफवाह फैलाएको बताए ।
सांसद जुग्जालीले आफ्नो संलग्नता भए चार वर्ष अघिको घटनामा अहिलेसम्म किन कानूनी प्रक्रिया नगएको भन्दै प्रश्न समेत गरेका छन् । उनले पूर्वाग्रह साँधेर आफूविरुद्ध भ्रामक प्रचार भएको भन्दै ठगी प्रकरणमा आफ्नो संलग्नता भए प्रमाणसहित उपस्थित हुन चुनौती दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नक्कली भुटानी शरणार्थी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्