संसद, सरकारदेखि न्यायपालिकासम्म बेथिति
बिनोद बहादुर बाम
काठमाडाैं । नेपाल बार एशोसियशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संसद, सरकारदेखि न्यायपालिकासम्म बेथिति रहेको आरोप लगाउनुभएको छ ।
प्रधानन्यायाधीशको नियुक्तिलगायतका माग राख्दै बार परिसरमा जारी आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले न्यायापालिकाले स्वचालित पेशी व्यवस्थापन गर्न नसकेको, न्यायापालिकाले लामो समयदेखि नेतृत्व पाउन नसकेको भन्दै विभिन्न जिम्मेवार निकायहरु आफ्नो भूमिकाबाट च्युत हुँदै गएको बताउनुभयो ।
संसद सरकार र न्यायपालिका पनि कयौँ विषयमा बेखबर भएको भन्दै यी सबै विषय उठाउनुपर्ने बारको आवश्यक्ता भएको अध्यक्ष घिमिरेको भनाइ छ ।
सर्वोच्च बारका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीश लगायत, उच्च र जिल्ला अदालतमा भएका रिक्त न्यायाधीश तत्काल नियुक्त गर्नुपर्ने बताउनुभयो । न्यायालयलाई राज्यले हस्तक्षेप गर्ने नभई सहयोग गर्नुपर्ने बताउँदै शाक्यले प्रधानन्यायाधीश र न्यायाधीश नियुक्तिमा राज्यले हस्तक्षेप गर्न नहुने जिकिर गर्नुभयो ।
नेपाल बारका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठले नेपाल बारको जारी आन्दोलन व्यक्तिको लागि नभई संस्था र न्यायालयमा भइरहेको विकृतिविरुद्धको भएको तर्क गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सरकारदेखि न्यायपालिकासम्म बेथिति, #संसद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्