तारकेश्वर नगरपालिकाको जग्गाको वर्गीकरणमा बदमासी : नगरभित्र कृषियोग्य जमिन छैन
भूमाफिया पोस्दै तारकेश्वरका जनप्रतिनिधि
वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको माटो नेपालकै सबैभन्दा उर्बरमध्येमा पर्छ । कुनै समय ठूलो तलाउ रहेको मानिने उपत्यका लगागत तारकेश्वर नगरपालिकाको माटो कृषिका लागि अहिले पनि उत्तिकै उब्जाउ मानिन्छ ।
काठमाडौंका कृषि क्षेत्रमा बस्ती बढ्दै गएर अहिलेको अवस्थासम्म आइपुग्यो । आधुनिक काठमाडौंका शासकहरुले यहाँ कृषि भू(भागको संरक्षणलाई कहिल्यै प्राथमिकतामा राखेनन् ।
नगरभित्रका खेती योग्य जमिन प्लटीङ्ग र शहरीकरणका नाममा मासिंदै गएतापनि अझै पनि तरकारी र फलफूल खेती , धान गहुँ खेती भइरहेका प्रशस्तै जमिन भेटिन्छन् । धेरैजसो ‘टेनल खेती’ भइरहेका यस्ता कृषियोग्य जग्गा जमिन कति छन् भन्ने यकिन भने छैन । तर, अब नगरपालिकाको तथ्यांकमा ती कृषि जमिन कृषियोग्य रहेनन् ।
भू(उपयोग नियमावली अनुरुप असल नियतले वर्गीकरण नगर्दा तारकेश्वरमा अब केही वर्षपछि कृषिका लागि जमिन नै नबच्ने जोखिम देखिएको छ । किनभने नगरपालिकाले ‘कृषियोग्य जमिन नभएको’ घोषणा गरेका छन् ।
यसरी जमिन वर्गीकरण गर्ने निर्णयमा विश्वसनीयता र पारदर्शितामा प्रश्न उठेको छ ।
भूमाफियाको चलखेल र स्थानीयका अरुची
किनकि भूमाफियाको चलखेल र स्थानीयका अरुचीका साथसाथै स्थानीय जनप्रतिनिधिले ‘राजनीतिक लाभ–हानी’का आधारमा कृषियोग्य जमिनलाई गैरकृषि क्षेत्र घोषणा गर्ने क्रम प्रवृत्तिकै रुपमा देखिएको विज्ञहरु बताउँछन् ।
तारकेश्वर नगरपालिकका प्रवक्ता राधाकृष्ण खड्गी स्थानीयहरुसँग कृषि क्षेत्र घोषणा गर्न निवेदन मागेपनि नपरेको बताउँछन् । ‘कसैले आफ्नो जमिन कृषियोग्य हो भनेर घोषणा गर्न चाहेनन्,’ उनले भने, ‘त्यसैले हामीले कृषि क्षेत्र छैन भन्यौं ।’
जमिनको खण्डीकरण रोक्ने र कृषियोग्य जमिन बचाउने उद्देश्यका साथ २०६९ सालमा राष्ट्रिय भू–उपयोग नीति ल्याइएको थियो । २०७६ मा भू(उपयोग ऐन आयो, तर नियमावली आउन ३ वर्ष लाग्यो । अधिकारीहरुका अनुसार भू–उपयोग नीति बनाउने क्रममै भूमाफियाहरु जग्गा वर्गीकरणको नियम बन्न नदिन सक्रिय थिए ।
सरकारले कृषि र गैरकृषि जमिन नछुट्याए जग्गा कित्ताकाट नहुने व्यवस्था गर्यो । जग्गा खरिद–बिक्री अंश वण्डासम्म असार पर्ने भएपछि स्थानीय तहले भू(उपयोग परिषद्बाट आफ्नो क्षेत्रका जमिनको वर्गीकरणको गृहकार्य थाले । ‘कृषि क्षेत्र छैन’ भन्ने घोषणा गरेका छन् ।

दक्षिणकाली, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाले मात्र कृषि जमिन भएको घोषणा गरेका छन् ।
काठमाडौंको दक्षिणकाली नगरपालिकाले आफ्नो ४० प्रतिशत जमिन कृषियोग्य रहेको घोषणा गरेको छ । उपमेयर बसन्ती तामाङ वडाहरुमार्फत जनतासँग छलफल गरेरै कृषियोग्य जमिनलाई कृषि क्षेत्र घोषणा गरेको बताउँछिन् । ‘हामीले वर्गीकरणका लागि छलफल थालेपछि जग्गामा चलखेल गर्नेहरुले भ्रम फिजाएकाले अझै कतिपय कृषियोग्य जमिन गैरकृषि क्षेत्र बनाउनुपर्यो,’ उनले भनिन्, ‘हामी त अझ धेरै जमिन कृषि क्षेत्र निर्धारण गर्ने पक्षमा थियौं ।’
काठमाडौंको काठमाडौं महानगरपालिकाका साथै नागार्जुन, चन्द्रागिरि, कीर्तिपुर, बूढानीलकण्ठ, कागेश्वरी मनहरा, गोकर्णेश्वर, तारकेश्वर, शंखरापुर र टोखा नगरपालिकाले नगरमा कृषियोग्य क्षेत्र नरहेको घोषणा गरेका छन् ।
टोखा नगरपालिकाले १, २ र ३ नम्बर गरी ३ वटा वडाको वर्गीकरण टुंग्याउन बाँकी छ ।
कित्ताकाट खोल्न परेको चौतर्फी दबाबका आधारमा तारकेश्वरले कृषियोग्य जमिन छुट्याउन पर्याप्त गृहकार्यनै गरेनन् । ‘कृषि योग्य जमिन छैन’ भन्ने सोलोडोलो निर्णयका आधारमा सबै जमिनलाई गैरकृषि उपयोगको जमिन ठहर्याएका छन्, जुन भविष्यमा अन्य प्रयोजनमा लाग्ने निश्चित छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर नगरपालिकाको जग्गाको वर्गीकरणमा बदमासी, #भूमाफिया पोस्दै तारकेश्वरका जनप्रतिनिधि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्