Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

बन्ने भयो टोखा झोर महाँकालमा ३५ फिट अग्लो बुद्ध मूर्ति


काठमाडौं । टोखाको झोर महाँकालमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने भएको छ ।

टोखामा  श्रीबहादुर तामाङको अध्यक्षतामा झोर महाँकाल बुद्ध मूर्ति निर्माण उपभोक्ता समिति मातहतमा  उक्त बुद्धको मूर्ति निर्माण हुन लागेको हो ।

टोखा नगरपालिकाको नगरस्तरी बजेटमा निर्माण हुन लागेको उक्त मूर्ति निर्माणको मंगलबार टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले शिलान्यस गरेका थिए ।

वडाको पहलमा नगरस्तरी कुल ८२ लाख लागतमा झोरमहाँकाल देवीसँगै रहेको ६१ रोपनी सार्वजनिक जग्गामध्य हाल २ रोपनी क्षेत्रफलमा बुद्ध मूर्ति निर्माण हुन्न लागेको टोखा – १ वडाका वडाध्यक्ष रमेश कुमार लामिछानेले टोखा टाइम्सलाई बताए ।

२ वर्ष अगाडि निर्वतमान अध्यक्ष श्रीकृष्ण अधिकारीको पालामा नै सो मूर्ति निर्माणको कार्य अगाडि बढेको भएता पनि यस वर्षमात्र निर्माण कार्य शुरू भएको अध्यक्ष लामिछाने जानकारी दिए ।

 

 


क्याटेगोरी : समाचार
ट्याग : #झोर महाँकालमा ३५ फिट अग्लो बुद्ध मूर्ति


तपाईको कमेन्ट लेख्नुहोस्