रिकोडद्वारा १ सय १५ जनालाई कृषि तथा पशुपालनसम्बन्धी सामग्री वितरण
अभिमुखिकरण, किशोरकिशोरीका लागि प्रजनन् स्वास्थ्य र पोषणसम्बन्धी जानकारी, समूह र वित्तीय व्यवस्थापनसम्बन्धी तालिम, आयआर्जन र पोषण सुधारका लागि कृषक लक्षित कृषि र भेटेरिनरी तालिम तथा करेसाबारीमा लगाउने तरकारीका बिउबिजन सहयोग लगायतका क्रियाकलाप सञ्चालन गरिसकिएको छ ।
तिमल्सिनाले अघिल्लो साता मात्रै साविक देवीचौर गाविस वडा नं ४ स्थित देवी स्वास्थ्य आमा समूहका लागि ७५ हजार रुपियाँ, देवीचौर गाविस वडा नं ५ स्थित सारङ्गीडाँडा स्वास्थ्य आमा समूहका लागि ५० हजार रुपियाँ र देवीचौर गाविस वडा नं ६ स्थित लामीडाँडा स्वास्थ्य आमा समूहका लागि ५० हजार रुपियाँ आयआर्जन वृद्धिका लागि सहयोग गरेको बताइन् ।
रकम सहयोग कार्यक्रममा रिकोडका कार्यकारी निर्देशक रामहरी घिमिरेले रिकोडले गरेको सहयोगबाट यहाँका नागरिकको पोषण र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आउनु पर्नेमा जोड दिएका थिए ।
कृषि सामग्री बुझ्दै स्थानीय सावित्री घिमिरेले प्राप्त सामग्रीको सदुपयोग गर्दै कृषि उत्पादनमा जोड दिने बताइन् ।
वितरण गरिएको कृषि सामग्रीमा प्रति व्यक्ति तीन क्वेल पाइप, हजारी, स्प्रिङ्कल, कुटो, कोदालो, दाँते, प्लाष्टिक टनेल, प्लाष्टिक पोखरीका लागि सामग्री, थोपा सिंचाइ ड्रमलगायत र पशुपालनसम्बन्धी सामग्रीमा मिल्कक्यान रहेको स्थानीय सुशीला तिमल्सिनाले बताइन् ।
यो परियोजना देवीचौरका साथै बागमती गाउँपालिकाका घुसेल, माल्टा, भट्टेडाँडा, इकुडोल र प्युटारमा सञ्चालन गरिएको रिकोडले जनाएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्