उपनिर्वाचन : सत्ताको नेतृत्व गरेको माओवादी र एकीकृत समाजवादी उम्मेदवारविहीन
काठमाडौं । वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तर, सत्ताको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहित सरकारमै रहेका अधिकांश दलहरुले उम्मेदवारी समेत दिन सकेनन् ।
चितवन २, तनहुँ १ र बारा २ मा हुने उपनिर्वाचनको लागि अहिले उम्मेदवारी दर्ता जारी छ । तर, सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रलाई उपनिर्वाचनले छुन सकेको छैन ।
माओवादीलाई उपनिर्वाचनमा उम्मेदवारी दिनेभन्दा पनि अहिलेको गठबन्धन जोगाउने पहिलो प्राथमिकता भएको पार्टीका सचिव डिलाराम आचार्य बताउँछन् ।
उनी भन्छन्, ‘अहिलेको तीन क्षेत्रमध्ये हामीले यसअघि कुनै क्षेत्रमा पनि जितेका छैनौं । त्यसैले अहिले हाम्रो गठबन्धनमा दाबी रहेन ।’
सत्ताको नेतृत्व गरिरहेको माओवादीले तीन क्षेत्रमा निर्वाचन हुँदा एक ठाउँमा पनि उम्मेदवारी दिन सकेन भन्ने टिप्पणी भइरहेको छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘उम्मेदवारी दिनै नसक्ने भन्ने होइन । परिणामलाई पनि हेर्नुपर्छ। त्यसैले अहिले गठबन्धनको साझा उम्मेदवार बनाउँदा हाम्रो भागमा परेन ।’
माओवादीले तनहुँ १ मा दाबी गरे पनि कांग्रेस नमानेपछि ब्याक भएको हो । माओवादीले मात्रै नभएर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि कुनै क्षेत्रमा उम्मेदवारी नदिने भएको छ ।
नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डे अहिलेसम्म कुनै क्षेत्रमा उम्मेदवारी दिने तयारी आफूहरुले नगरेको बताउँछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपनिर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्