रवि लामिछानेको राहदानीबारे मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो राहदानीबारे मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।
लामिछानेको नागरिकता विवादमा मुद्दा हालेका कानून ब्यावसायी युवराज सफलले नै आइतबार दिउँसो सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको हो ।
सर्वोच्चको प्रशासनले भने रिट निवेदन दर्ता गर्ने नगर्ने विषयमा अध्ययन गर्ने बताएको छ । महान्यायाधिवक्ता दिनमणि पोखरेलले यही चैत ६ गते जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले मुद्दा चलाउनु नपर्ने गरी गरेको निर्णयका आधारमा लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनु अघि महान्यायाधीवक्ता पोखरेलले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछानेको राहदानीबारे मुद्दा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्