Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

बोकालाई संगिनी सुई लगाएपछि…


चैत । परिवार नियोजनको अस्थायी साधनका रूपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुई गुल्मीको धुर्कोट गाउँपालिकामा बोका, पाठामा लगाइएको पाइएको छ ।

गाउँपालिकाले जनाएअनुसार वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोका, पाठालाई संगिनी सुर्ए लगाइदिएको पाइएको छ । गाउँपालिकाले यो सुई हर्मोनल साधन भएकाले मानव शरीरमा दीर्घकालीन असर पर्न जाने भन्दै पशुमा प्रयोग नगर्न सूचना नै जारी गरेको छ ।

तौल बढ्ने विश्वासका साथ किसानहरूकै सहमतिमा पशु स्वास्थ्य कार्यकर्ताहरूले बोका, पाठामा सुई लगाउने गरेको पाइएको हो ।

आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुनबमोजिम सजाय दिने भन्दै संगिनी सुई लगाउन तत्काल रोक्न सूचना जारी गरेको गाउँपालिकाको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचनाः 


क्याटेगोरी : समाचार
ट्याग : #बोकालाई संगिनी सुई


तपाईको कमेन्ट लेख्नुहोस्