Techie IT
मंगलबार, वैशाख २३,२०८२

एसईईको प्रश्नपत्र आउट, दुई जना पक्राउ


चैत । एसईई परीक्षाको पहिलो दिनमै मधेश प्रदेशको बारामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र आउट भएको पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले परीक्षा अगावै सामाजिक सञ्जालको म्यासेज ग्रुपमा प्रश्नपत्र बाहिरिएको पुष्टि गरे ।

उनले प्रश्नपत्र बाहिरिएको विषयमा बुझ्नको लागि प्रहरीसहित आफू बाराको महेन्द्र आर्दश स्थित राम चरित्र माध्यमिक विद्यालय चिउटाहा आइपुगेको बताए ।

उनले प्रश्नपत्र सामाजिक सञ्जालको म्यासेज गुप्रबाट आउट भएको उल्लेख गर्दै त्यसबारेमा थप बुझ्ने काम भइरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी सापकोटाले घटना संलग्न भएको आशंकमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।

बिहीबारनै सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जर ग्रुपमा अङ्ग्रेजीको प्रश्नपत्र बाहिरिएको हो ।

यस वर्षको एसईई परीक्षा आज शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु भएको छ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । आजै वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एसईईको प्रश्नपत्र आउट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:18 am6:41 pm +0545