Techie IT
बिहीबार, वैशाख १०,२०८३

आज मन्त्रिपरिषद् विस्तार हुँदै, तीन बजे शपथ ग्रहण हुने


काठमाडौँ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ । नियुक्त हुने नयाँ मन्त्रीहरूको आजै दिउँसो ३ बजे शपथ ग्रहण हुने भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना हुने विशेष समारोहमा नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सत्ता साझेदार दलहरूको हिजो बसेको बैठकमा मन्त्रालयहरुको बाँडफाँट टुङ्गिएपछि आज प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लाग्नुभएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #मन्त्रिपरिषद् विस्तार


तपाईको कमेन्ट लेख्नुहोस्