Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

बीमा रकम पाउनका लागि श्रीमानद्धारा श्रीमतीको हत्या


जनकपुरधाम । सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ ।

ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् ।

कात्तिकमा घरभित्र करेन्ट लागेर शिवशंकरको मृत्यु भएको भन्दै श्रीमती कोशिलाले प्रहरीलाई खबर गरेकी थिइन् । घटनास्थलमा पुगेको प्रहरीले पनि तत्कालिन अवस्थामा करेन्ट लागेर शिवशंकरको मृत्यु भएको बतायो । तर अनुसन्धान गर्दै जाँदा पाँच महिनापछि शिवशंकरको हत्या भएको रहस्य खुलेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका डीएसपी दीपक रायले बताए ।

इलाका प्रहरी कार्यायल कञ्चनरुपले हत्यामा संलग्न रहेको आरोपमा मृतक शिवशंकरकी पत्नी कोशिला, नतामा भाउजू पर्ने शान्ति देवी, बुहारी पर्ने हिरणदेवी दासलाई पक्राउ गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बीमा रकम पाउनका लागि श्रीमानद्धारा श्रीमतीको हत्या


तपाईको कमेन्ट लेख्नुहोस्