नुवाकोटका स्थानिय तहलाई उत्पादनमुखी र स्वरोजगारका कार्यक्रम गर्ने एमाले नेता मैनालीको आग्रह
नुवाकोट काठमाडौं । नेकपा एमाले नुवाकोटका अध्यक्ष ब्रदी मैनालीले नुवाकोटमा कृषि उत्पादन , पर्यटन बिकाश , रोजगारी प्रर्बदन ,शिक्षा निति संशोधन तथा टोखा छहरे शुरुङ्ग मार्ग र पासाङ्गलामु सडक मार्फतनै नुवाकोटलाई सम्बृद्ध बनाउनुपर्नेमा जोड दिनभएको छ ।
जिल्ला समन्वय समिति नुवाकोटको चौथो प्रगति समिक्षा बैठकलाई सम्बोधन गर्दे आज मैनालीले सो कुरालाई जोडदिनुभएको हो ।
यो आ.ब मा सरकारले टोखा छहरे शुरुङ्ग मार्गको बजेट कटौती गरेको हुँदा तत्काल बजेटको ब्यवस्था गरि काम शुरु गर्ने जोडदिनुभएको छ । भौतिक पूर्वाधार अन्र्तगतको मरो दण्ड सडक संजालनै प्रमुख भएकाले बालाजु रानी पौवा त्रिशुली सडकको स्तोरउन्नतीको कामलाई छिटो सम्पन्न गर्ने सरोकारवाला निकायहरु प्रतिबद्ध हुनुपर्ने बताउनुभएको छ ।

स्थानीय तहले आफ्नै गाउँ–ठाउँमा रोजगार सिर्जना गर्ने थुप्रै सम्भावना र आधार भए पनि त्यसलाई उपयोग गर्न सकेका छैनन्। नुवाकोटमा कृषि, पर्यटन र पूर्वाधार रोजगार सिर्जना गर्ने क्षेत्र भए पनि त्यसलाई स्थानीय तहले उपयोग गर्न नसक्दा एकातर्फ युवा बेरोजगार बनेका छन् भने अर्कातर्फ स्थानीय तहको आम्दानीको स्रोत पनि बढ्न नसकेको मैनालिको भनाई छ ।
कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न सके ठूलो मात्रामा रोजगार सिर्जना हुने र उत्पादन पनि बढ्ने सम्भावना छ तर स्थानीय तहले कृषि क्षेत्रलाई व्यवस्थित गर्न सकिरहेका छैनन्। कृषि क्षेत्रलाई व्यावसायिक बनाउन नसक्दा एकातर्फ जमिन बाँझै रहने र अर्कातर्फ युवा कामको खोजीमा विदेश भौंतारिनुपर्ने बाध्यता रहँदै आएको छ। कृषिलाई व्यवसायीकरण गर्न र भूमिको उपयोग गर्न गराउन आवश्यक रहेको जिल्ला अध्यक्ष मैनालीको भनाई छ ।
स्थानिय तहमा अर्थतन्त्रको मन्दीको प्रभाव न्यूनिकरण गर्ने उत्पादनमुखी र आत्मनिर्भरको बिभिन्न योजनाहरु तर्जुमा गर्ने आवश्यक रहेको उनको भनाई छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका सभापतिमा राजिन्द्रसिङ ठकुरी , नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुन नरसिंह के.सी , स्थानिय पालिकाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थीती रहेको थियो ।
कार्यक्रममा स्थानिय तहले गरेका काम, प्रगती बिवरण, कार्यक्रम, योजना, खर्चको अवस्था र समस्याका बारेमा समिक्षा भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #जिल्ला समन्वय समिति नुवाकोट, #नुवाकोटका स्थानिय तहलाई उत्पादनमुखी र स्वरोजगारका कार्यक्रम, #ब्रदी मैनाली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्