Techie IT
शुक्रबार, वैशाख २६,२०८२

वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत ८ देखि १२ गते भित्र दल दर्ता गराइसक्नुपर्ने


काठमाडौं, ७ चैत । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता आह्वान गरेको छ ।

आयोगले उपनिर्वाचनका लागि यहि चैत ८ देखि १२ गते भित्र दल दर्ता गराइसक्नुपर्ने जनाएको छ ।

तनहुँ-१, बारा-२ र चितवन-२ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । तनहुँ-१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा-२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यसैगरी चितवन-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उपनिर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:16 am6:44 pm +0545