Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

अखिल नेपाल किसान महासंघको देशब्यापी दवाव पछि मलमा अनुदान कटैती गर्ने निर्णय बाट सरकार पछि हट्यो


काठमाडौं, ६ चैत्र । सरकारकाे मन्त्रिपरिषद्‌ बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्‍ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत राख्‍ने निर्णय गरेको हो।

 

आइतबार बसेकाे संसद्‌ बैठकमा समेत प्रमुख प्रतिपक्ष दल तथा विभिन्न सांसदहरूले सरकारले मलमा दिइरहेकाे अनुदान कटौती गरेको विषयमा चर्को आलोचना गरेका थिए।

सरकारले रासायनिक मलमा दिदैँ आएको अनुदान कटौतिको विरोधमा अखिल नेपाल किसान महासंघले देशब्यापी विरोध प्रर्दशन गरेको थियो ।

सडक र सदन दुबैबाट बिरोध भएपछि सरकार पछि हट्न बाध्य भएको अखिल नेपाल किसान महासंघका नेता कृष्ण प्रसाद अधिकारीले बताउनु भयो ।

रासायनिक मलमा कृषकलाई दिएको अनुदान कटौती गरेर मूल्य बढाएको भन्दै किसान महासंघ सहित विभिन्न राजनीतिक दलका विभिन्न किसान संगठन र संघ संस्थाहरूले सडकमा चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका थिए।


क्याटेगोरी : समाचार
ट्याग : #अखिल नेपाल किसान महासंघका


तपाईको कमेन्ट लेख्नुहोस्