मुलुकको अर्थतन्त्र बिग्रँदै : तलब खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी

अर्थविद् डा. गोविन्दराज पोखरेलले विकास खर्च र कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।
सुनसरीको इनरुवामा सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा डा. पोखरेलले दलका नेताहरु स्वार्थ केन्द्रित राजनीतिमा लिप्त हुँदा मुलुकको अर्थतन्त्र बिग्रँदै गएको टिप्पणी गरेका हुन् ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पोखरेलले मुलुकको आर्थिक अवस्था खस्किनुको मूल कारण देशको राजनीतिक अस्थिरता रहेको बताए ।
नेताहरु गम्भीर नै नरहेको र सरकार तथा मन्त्रीहरुमा जिम्मेवारी लिने र संरचना सुधारमा गर्ने भोक नरहेको उनको भनाइ थियो ।
‘मुलुक यो आर्थिक वर्षमा करिब २ सय अर्ब घाटामा गइसक्यो । अब कति ऋण लिएर चलाउने हो ?’, डा. पोखरेलले प्रश्न गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मुलुकको अर्थतन्त्र बिग्रँदै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्