Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

घोराहीको ग्याँस प्लान्ट प्रयोगमा आएन


सीता पौडेल(अर्चना)काठमाडौं।दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्थित करौती डाँडामा वायो ग्याँस प्लान्ट उद्घाटन भएको पनि ठयाक्कै एक वर्ष पुग्न लाग्यो।

२०७५ मंसिर ५ गते वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र,नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सम्झौता भयो ।उक्त सम्झौता अनुसार नै २० वर्षको समयावधि तोकेर २२ करोड लागतमा प्लान्ट स्थापना भयो ।

गत वर्ष २०७८ को चैतमा महिनामा प्लान्टको उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले उद्घाटन गरेर ग्याँस उत्पादनको शुभारम्भ गरिएको घोषणा गर्नुभएको थियो।

फोहोरबाट ग्याँस  बनाइने र यो ग्याँस पाइपलाइनबाटै आफ्ना भान्सामा प्रायोग गर्न पाइने खबरले स्थानीय बासिन्दामा पनि खुशीको सीमा रहेन।

सुरुमा परीक्षणका लागि भनेर गुरुवा गाउँका ३४ घरमा ग्याँस वितरण गरिए पनि पछि गएर त्यो वितरण पनि बन्द गरियो।ग्याँस पाइप जोडिएका ३४ घरका स्थानीय बासिन्दा फेरि पनि दाउरा र सिलिण्डर ग्याँस नै प्रयोग गर्न बाध्य भए।यसले उनिहरुमा निराशा मात्र छाएन सम्बन्धित निकायप्रतिको भरोसासमेत तोडिदिएको छ।

उपमहानगरपालिकाको करिब ३ बिगाहा जग्गामा २ हजार घन मिटरको ग्याँस प्लान्ट छ तर त्यो प्रयोगका लागि नभएर जिल्लामै पहिलो ग्यास प्लान्ट हो नी भनेर हेर्न र फुर्ती लाउन मात्रै जस्तो भएको स्थानीयको गुनासो सुनिन्छ। स्थानीयका लागि ग्याँस प्लान्ट हात्तीका देखाउने दाँत जस्तो भएको उनिहरुको धारणा रहेको पाइन्छ ।

यता नेपाल ऊर्जा विकास कम्पनीले भने फोहोर संकलन नहुँदा ग्याँस उत्पादनमा समस्या भइरहेको बताउँदै आइहेको छ। कम्पनीका ग्याँस प्लान्ट म्यानेजर हरिशरण श्रेष्ठका अनुसार पर्याप्त फोहोर नहुँदा ग्याँस उत्पादन कम भएको र वितरणमा समस्या भएको हो ।

उहाँका अनुसार ग्याँस प्लान्टका लागि दैनिक २० टन फोहोर आवश्यकता पर्ने भएता पनि आधा टन मात्रै फोहोर उपलब्ध हुने गरेको छ।यसबाट अहिले प्लान्टमा दैनिक ६० देखि ६५ घनमिटरसम्म ग्याँस उत्पादन हुने गरेको छ ।चाहिएजति फोहोर नहुँदा आवश्यक मात्रामा ग्याँस उत्पादन हुन नसकेको म्यानेजर श्रेष्ठको भनाइ छ।

फोहोर उत्पादनका लागि सड्ने वा गल्ने फोहोर आवश्यक पर्छ ।उपमहानगरबाट संकलन गरिएको फोहोर अपुग भइरहेकाले जिल्लाका अन्य पालिकाहरूबाट पनि फोहोर संकलनका लागि छलफल गरिरहेको भने पनि  प्रगति नदेखिएका कारण ग्याँस पाइपबाट चुलो बाल्न पाइने स्थानीयको आशा निराशामा परिणत हुँदै गएको हो ।भने स्थानीय उही दाउरा र सिलिण्डर ग्याँसको प्रयोगमा भर पर्न थालेका छन्।


क्याटेगोरी : समाचार
ट्याग : #घोराहीको ग्याँस प्लान्ट


तपाईको कमेन्ट लेख्नुहोस्