नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा

काठमाडौं, १ चैत । भोलीदेखि काठमाडौंमा सुरु हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको छैठौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महोत्सव संयोजक यादव भट्टराईले ५ दिन सम्म सञ्चालन हुने यो महोत्सवमा ५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्र मध्ये, ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको जानकारी दिए । यसपालीको महोत्सव विशेष बनाउन आवश्यक सम्पूर्ण प्रयास गरिएको उनको दाबी छ ।
उनले भने ‘भोलीबाट छैठौं संस्करण सुरु हुनेछ । ५ दिन सम्म सञ्चालन हुने यो महोत्सव विशेष बनाउने प्रयत्न गरेका छौं । चलचित्रहरु मल्टीफेल्क्स हलहरुमा प्रस्तृत गर्ने छौं । जसले चलचित्रको निमार्ण गर्दाको गुणस्तरलाई जस्ताको त्यस्तै हेर्न सकुन् । ’
सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरुबाट गरिने छ । प्रति शो १५० रुपैयाँ टिकेट निर्धारण गरिएको प्रर्दशनीमा दिनभर सहभागि हुन चाहानेले ५०० रुपैयाँ तिर्नुपर्ने छ । चलचित्रहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा गएर हेर्न सकिने आयोजकले जनाएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
तपाईको कमेन्ट लेख्नुहोस्