नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा
काठमाडौं, १ चैत । भोलीदेखि काठमाडौंमा सुरु हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफको छैठौं संस्करणको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महोत्सव संयोजक यादव भट्टराईले ५ दिन सम्म सञ्चालन हुने यो महोत्सवमा ५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्र मध्ये, ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको जानकारी दिए । यसपालीको महोत्सव विशेष बनाउन आवश्यक सम्पूर्ण प्रयास गरिएको उनको दाबी छ ।
उनले भने ‘भोलीबाट छैठौं संस्करण सुरु हुनेछ । ५ दिन सम्म सञ्चालन हुने यो महोत्सव विशेष बनाउने प्रयत्न गरेका छौं । चलचित्रहरु मल्टीफेल्क्स हलहरुमा प्रस्तृत गर्ने छौं । जसले चलचित्रको निमार्ण गर्दाको गुणस्तरलाई जस्ताको त्यस्तै हेर्न सकुन् । ’
सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरुबाट गरिने छ । प्रति शो १५० रुपैयाँ टिकेट निर्धारण गरिएको प्रर्दशनीमा दिनभर सहभागि हुन चाहानेले ५०० रुपैयाँ तिर्नुपर्ने छ । चलचित्रहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा गएर हेर्न सकिने आयोजकले जनाएको छ ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्