अर्थतन्त्र सुधारका लागि नीतिगत परिवर्तनका लागि पहल गरिरहेका छौ: वरिष्ठ उपाध्यक्ष ढकाल

रुपन्देही । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले समस्यामा रहेको अर्थतन्त्रलाई सुधार गर्दै निजी क्षेत्रको पक्षमा नीतिगत परिवर्तनका लागि पहल गरिरहेको बताउनुभएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६४औँ साधारणसभा तथा अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पदस्थापन कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नीतिगत सुधार गर्दै निजी क्षेत्रमैत्री वातावरण बनाउन सकेमा अहिलेको संवेदनशील परिस्थितिबाट बाहिर निस्कन सकिने समेत बताउनुभयो ।
उहाँले कसैको व्यक्तिगत एजेण्डा भन्दा माथि उठेर निजी क्षेत्रको जित हुने गरी काम गर्ने बताउनुभयो ।
ढकालले भन्नुभयो, “अहिलेको अवस्था निकै संवेदनशील अवस्था छ । यसलाई सबैको जित हुने गरी तार्किक निकर्षमा पुर्याउनुपर्ने अवस्था छ । व्यक्तिको भन्दा पनि हाम्रो एजेण्डाको जित हुनुपर्छ । निजी क्षेत्रको जित हुने गरी समस्याको समाधान गर्नुपर्नेछ । यसकालागि हामीले नेपाल राष्ट्र बैंक र नेपाल सरकारसँग बारम्बार कुरा गरिरहेका छौं । यसलाई निकर्षमा पुर्याउने गरी महासंघ लागिरहेको छ ।”
बैंकको व्याजदरको कुराको सन्दर्भमा आफूहरुले राष्ट्र बैंकसँग बारम्बार छलफल गरिरहेको बताउनुभयो । उहाँले तिनवटै तहका सरकारहरु निजी क्षेत्रमैत्री बनेमा आर्थिक विकास र पूर्वाधार निर्माणका कार्यहरु द्रूतरुपमा अगाडि बढ्न सक्ने बताउनुभयो ।
निकट भविष्यमा नै महासंघको नेतृत्व लिन लाग्नुभएका ढकालले खुल्ला सिमाका कारण भैरहवालगायत सिमाक्षेत्रका व्यवसायीहरु मर्कामा परेको बताउनुभयो । उहाँले खुल्ला सिमामा हुने अनौपचारिक कारोबारलाई दुरुत्साहन गरी व्यवसायीहरुको संरक्षणका लागि आफूले पहल गर्ने समेत बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रिष्ठ उपाध्यक्ष ढकाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्