Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

गोरखा क्याम्पसकाे स्ववियु कोषाध्यक्षमा सुस्मिता दवाडी निर्वाचित


गोरखा। गाेरखाकाे एकमात्र आंगिक क्याम्पास गोरखा क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार बिष्णु पाण्डे निर्वाचित भएका छन् । सचिवमा परशुराम भट्ट र कोषाध्यक्षमा सुस्मिता दवाडी निर्वाचित भएका छन् । यस्तै प्रत्यक्षतर्फको पाँच सदस्यमा सबिना गुरुङ, नारायण भट्ट, बिनय गुरुङ, पुजा खड्का र राजाराम बोहोरा विजयी भएका छन् । समानुपातीक तर्फ सात सदस्यमा सिम्रन गुरुङ, रचन परियार, पुष्पा गुरुङ, बिनिता मग्राती, अनुप तिवारी, रचना बसेल, बिक्रम तामाङ निर्वाचित भएका छन् ।

शुक्रवार साँझ गोरखा सदरमुकाममा बसेको चार विद्यार्थी संगठन र संम्वद्ध दलका नेताहरुको बैठकले सभापति र कोषाध्यक्ष सहित तीन सदस्य अखिल क्रान्तिकारीले लिने, सचिव, सह सचिव सहित तीन सदस्य नेविसंघले, उपसभापति सहित दुई सदस्य अनेरास्वीयुले लिने र नेपाल समाजवादी विद्यार्थी युनियनले दुई सदस्य लिने सहमती भएको थियो । सोही अनुसार विद्यार्थी संगठनले गोरखा क्याम्पसमा उम्मेदवारी दर्ता गराएका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्