आजबाट बैंकमा पैसा जम्मा नगर्न उद्योग वाणिज्य संघको आग्रह

मकवानपुर, २८ फागुन । मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ)ले बैंकको चर्को व्याजदर र ज्यादती विरुद्धको आन्दोलनलाई सहयोग गर्न आज आइतबारबाट बैंकमा नगद पैसा जम्मा नगर्न सबैमा आग्रह गरेको छ ।
संघले एक सूचना जारी गर्दै आफ्ना व्यवसायीहरुलाई आज आइतबारदेखि बैंकमा पैसा जम्मा नगर्न आग्रह गरेको हो ।
बैंकको चर्को व्याजदरविरुद्ध संघ र संघमा आवद्ध वस्तुगत संघ, निर्माण व्यवसायी संघ, नारायणी यातायात व्यवसायी संघ, होटल एशोसिएसन मकवानपुर लगायत विभिन्न व्यवसायीक संघहरुले हेटौंडामा चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
आज आइतबार नगद जम्मा नगर्ने, सोमबारबाट सम्पूर्ण बैंकिङ कारोबार बन्द गराउने र ३० गतेदेखी शान्तिपूर्ण रुपमा बैंक बन्द गराउने संघको कार्यक्रम रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #उद्योग वाणिज्य संघ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्