बनस्थलीमा एक यात्रु र माइक्रो बस सहचालकवीच हात हालाहाल,यात्रुले बसको सिसा फुटाईदिइन्
काठमाडौं।काठमाडौंको बनस्थली -रानीवन माइक्रोबसपार्क रुटमा चल्ने माइक्रोबसमा एक महिला
यात्रु र सहचालकविच हात हालाहाल भएको छ ।
आज बिहिबार साँझ ७ बजेको समयमा खरिबोट हुँदै रानीवनतर्फ जाँदै गरेको बा १ ज ८८२६ नम्बरको माइक्रो बसका सहचालक सुदिप कार्कीले सोही बसकी एक महिला यात्रुलाई विधार्थी परिचयपत्रको आधारमा भाडादरमा सहुलिएत नदिएपछि हात हालाहाल भएको प्रत्यक्षदर्शी इमानसिंह राइले जानकारी दिनुभयो ।राइका अनुसार ती यात्रुले परिचय पत्र देखाउँदा सहचालक कार्कीले बेलुकाको समयमा भाडादर सहुलिएत छैन भनि यात्रुको परिचयपत्र फालिदिएका थिए।
प्रत्यक्षदर्शी राइका अनुसार सहुलियत पनि नदिने परिचयपत्र पनि हुर्याउने भन्दै ती यात्रुले सहचालक कार्कीको कपालमा समातेकी थिइन् भने सहचालकले पनि उनको हात समातेर झड्कारेका थिए।त्यसपछि ती यात्रुले माइक्रो बसको भmयालको सिसा नै फोरिदिएकी थिइन्।

सहचालक कार्कीले पनि बेलुकाको समयपछि कुनै पनि बस वा माइक्रोबसले भाडा सहुलिएत नदिने गरेकाले सहुलिएत दिन नमानेपछि आफुलाई कपालमा समातेको हुनाले हात समातेर झड्कारेको बताएका छन्।
बालाजु ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले घट्नाको थप अनुसन्धनका लागि सहचालक कार्कीलाई हतकडी लगाई सोही माइक्रोमा राखेर लगेको प्रत्यक्षदर्शीले जानकारि दिएका छन्। तर ती महिला यात्रुले भने केही बोल्न र सूचना दिन भने मानिनन्।
क्याटेगोरी : समाचार
ट्याग : #बनस्थली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्