नुवाकोटका कांग्रेस नेता घले मृत फेला, अनकन्टार भीरमा भेटियो शव
काठमाडाैँ । नेपाली कांग्रेसका नेता कृष्णमान घले मृत फेला परेका छन । घरबाट हराएको पाँच दिनपछि नेता घले ठूलो भीरको मुनी मृत अवस्थामा फेला परेको नुवाकोट कांग्रेसका नेता एवं किस्पाङ गाउँपालिकाका पूर्व अध्यक्ष छत्र लामाले जानकारी दिए ।
घले गत बिहीबारदेखि हराइरहेका थिए । उनको खोजीको क्रममा सोमबार दिउँसो मृत अवस्थामा फेला पारिएको लामाले जानकारी दिए । घले कांग्रेसभित्र इमान्दार छवी भएका नेताको रूपमा परिचित थिए ।
तत्कालीन साल्मे गाविसको पूर्व अध्यक्ष समेत रहेका घले कांग्रेस साल्मे गाउँ कार्यसमितिका पूर्व सभापति पनि हुन । सोमबार दिउँसो १२ बजे म्यागाङ गाउँपालिकाको वडा नम्बर २ को ग्युलमाने नजिकको अनकन्टार भिरमुनि घलेको शव भेटिएको लामाले बताए ।
भीरबाट करिब २ सय मिटर तल शव देखिएको लामाले बताए । शवको छेउसम्म प्रहरी पुग्न सकेपनि शव झिक्न नसकिएको र भोलि शव निकाल्ने काम बिहानैबाट हुने उनले बताएका छन । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव निकाल्ने प्रयास गरिरहेको छ ।
नेपाली काँग्रेस नुवाकोट क्षेत्र नम्बर-२ बाट निर्वचित महाधिवेशन प्रतिनिधि समेत रहेका उनी किस्पाङ गाउँकार्यपालिकाका निबर्तमान कार्यपालिका सदस्य र जिल्ला बिकास समिति नुवाकोटका पूर्व सदस्य समेत हुन ।
नुवाकोट कांग्रेसका सभापति समेत रहेका बागमती प्रदेशसभाका सदस्य रमेशकुमार महतले घलेको रहस्यमय मृत्युकाबारे खोजविन गरेर सत्यतथ्य पत्ता लगाउने कार्यभैरहेको जानकारी दिएका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस नेता घले मृत फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्