होलीको नाममा जथाभावी नगर्न प्रहरीको आग्रह, शंका लागे १०० मा सम्पर्क गर्न अनुरोध
चितवन । होली पर्वको नाममा कुनै पनि उच्छृंखल क्रियाकलाप नगर्न आमनागरिकलाई प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले अपरिचित मानिसहरुको समूहमा होली नखेल्न र उच्छृंखल गतिविधि नगर्न सार्वजनिक अनुरोध गरेको हो ।
सभ्य, शिष्ट, स्वास्थ्यकर र मर्यादित तवरले होली मनाउन सुझाउँदै प्रहरीले आत्मीयरुपमा नजिक भएका व्यक्ति वा आफन्तहरुसँग मात्र खेल्न भनेको छ । कसैको इच्छाविपरीत रंग, लोला, मोबिल, मोसो, केमिकल र फोहोर पानी नछ्याप्न पनि चितवन प्रहरीको आग्रह छ ।
त्यस्तै, महंगा गरगहना लगाई होली खेल्ने ठाउँमा नजान सम्पूर्णलाई सुझाव दिएको प्रहरीले मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी सवारी साधन नचलाउन, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, बार नभएको छत तथा सडकमा होली नखेल्न पनि सुझाएको छ । भीडभाड हुने स्थानमा नजान आग्रह गर्दै प्रहरीले भनेको छ, ‘भीडभाड हुने स्थानमा पाकेटमारी, लुटपाट तथा चोरीजस्ता घटनाहरु हुने सम्भावना बढी हुने हुँदा सावधान रहनुहोला, प्रहरीद्वारा जारी सूचनामा भनिएको छ ।’
नियमविपरीत कार्य गर्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिँदै चितवन प्रहरीले शंका लागेमा तुरुन्त प्रहरीको पैसा नलाग्ने नम्बर १०० वा जिल्ला प्रहरी कार्यालय चितवनको ९८५५०९०१३३ मा सम्पर्क गर्न भनेको छ । आउँदो सोमबार पहाडी जिल्लामा र मंगलबार तराईमा होली मनाइँदै छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्