Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

रास्वपाको कार्यालयमै पुगेर नेम्वाङले मागे भोट


फागुन । नेकपा (एमाले) का उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि मत मागेका छन् ।

बिहीबार दिउँसो रास्वपाको केन्द्रीय कार्यालय पुगेर नेम्वाङले राष्ट्रपतिमा आफूलाई मतदान गर्न आग्रह गरेका हुन् । रास्वपाको कार्यालय पुग्नुअघि नेम्वाङले नेकपा एकीकृत समाजवादी पार्टीको कार्यालयमै पुगेर मत मागेका थिए ।

एसका अध्यक्ष माधवकुमार नेपालसँग नेम्वाङसहित एमालेका नेताहरुले छलफलसमेत गरेका थिए ।

नेपालले राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने निर्णय गरिसकेको जवाफ दिँदै एमालेका नेताहरु संवादमा आउनु सकारात्मक कुरा भएको बताएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #नेम्वाङले मागे भोट


तपाईको कमेन्ट लेख्नुहोस्