Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

माधव नेपाललाई भेट्न एमाले नेताहरु एसको कार्यालयमा


काठमाडौं । नेकपा एमालेका नेताहरु एकीकृत समाजवादीको कार्यालयमा पुगेका छन् । राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई सहयोग गर्न आग्रह गर्दै नेताहरु एसको कार्यालय पुगेका हुन् ।

राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ, एमाले उपाध्यक्ष विष्णु पौडेल, प्रवक्ता एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेता नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित पार्टी कार्यालय पुगेका छन् ।

राष्ट्रपति निर्वाचनअन्तर्गत यही फागुन २५ गते मतदान हुँदैछ । उक्त चुनावमा आठदलीय गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट नेम्वाङ मैदानमा छन् ।

नेकपा एकीकृत समाजवादीले भने कांग्रेसबाट उम्मेदवार रहेका रामचन्द्र पौडेललाई समर्थन गरेको छ । नेकपा एसको बुधबारको सचिवालय बैठकले पौडेललाई भोट हाल्ने निर्णय गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #एसको कार्यालयमा


तपाईको कमेन्ट लेख्नुहोस्