नारायणी नदीमा पानी जहाज सरर,सार्वजनिक विदामा चार अन्य दिन तीन सिफ्ट
सीता पौडेल (अर्चना)
चितवन।चितवनको नारायणी नदी किनारमा ‘क्रुज सिप’ सञ्चालनमा आएको डेढ महिना भयो।राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको ‘क्रुज सिप’लाई प्रालीले गत माघ १ गतेदेखि व्यवसायिक रुपमा संचालनमा ल्याएको हो।
२ वर्ष अगाडि नै सफल परीक्षण गरिएको ‘क्रुज सिप’कोरोना महामारीका कारण संचालनमा आउन नसकेता पनि माघबाट भने सार्वजनिक विदामा चार र अन्य दिन दिनको तीन सिफ्ट गरि सञ्चालन गरिएको प्रालीका मार्केटिङ म्यानेजर सुदिप खनालले जानकारि दिनु भएको छ। म्यानेजर खनालका अनुसार तीन तले क्रुजसिपमा एक पटकमा १८० जना यात्रु बसेर एकैसाथ सयर गर्न सकिन्छ।
क्रुज सिप सार्वजनिक विदाको दिन मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म र अन्य दिन १ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिदै आएको छ।क्रुज सिपमा बसेर एक घण्टाको यात्रा अवधिका लागि सात सय रुपैंयाको टिकट दर तय गरिएको छ।
उहाँका अनुसार ब्रेकफाष्ट क्रुजिङका लागि टिकटको सात सय सहित १ हजार ५ सय,लञ्च क्रुजिङका लागि टिकटसहित गरेर २ हजार र डिनर क्रुजिङका लागि टिकटसहित गरि २ हजार ५ सय रुपैयाँ तोकिएको छ।
१६ वर्षको अनुभव प्राप्त चालक दलका २ जना क्याप्टेनसहित क्रुज सिपमा लाइफ ज्याकेट,सेक्युरेटी गार्ड र रेस्क्यु टिम भएको हुनाले क्रुज सिपको यात्रा पूणत: सुरक्षित रहेको प्रा.ली.को दाबी छ।
क्रुज सिप भित्र भीआईपी कक्ष,रेष्टुरेण्ट,रेष्टरुम, सांस्कृतिक कार्यक्रमका लागि आकर्षक स्टेज,सेमिनार हल, चलचित्रहरु सुटिङ गर्न मिल्ने युनिटसँगै सेल्फी प्वाइन्टहरु राखिएका छन् ।त्यस्तै क्रुजसिपमै बसेर फोटोसुट,विवाहको इन्गेजमेन्ट,विवाह,ब्रतबन्ध, जन्मोत्सव, वैवाहिक वर्षगाँठ (म्यारिज एनिभर्सरी) लगायतका गतिविधिहरु गर्न पाइने सुविधा समेत राखिएको म्यानेजर खनालले जानकारि दिनु भएको छ।

क्रुज सञ्चालनका लागि नदीमा ४० किलोमिटरको अनुमति भएपनि यतिबेला पानीको सतह निक कम भएकाले १ घण्टामा करिब ६ किलोमिटरको मात्र यात्रा गराइएको उहाँको भनाई छ।
नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुज सिपमा भारतको केरलाका प्राबिधिकले तयार गर्नु भएको बताइएको छ । भने यो दुई इञ्जिन भएको र १०० फिट लम्बाइ तथा २५ फिट चौडाइको छ।

क्याटेगोरी : पर्यटन
ट्याग : #नारायणी नदीमा पानी जहाज सरर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्