Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

ओली बाहिरिए लगत्तै बालुवाटारमा कांग्रेसको इन्ट्री


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष ओली छलफल सकेर बाहिरिएका हुन्। प्रचण्ड र ओलीको बैठक सकिएलगत्तै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रवेश गरेका छन् ।

राष्ट्रिय सहमतिको चर्चा गर्दै आएका प्रचण्डले शुक्रबारै भएको पुरानो गठबन्धन दलको बैठकमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने सहमति गरेका छन्। पुस १० मा प्रधानमन्त्री नियुक्त हुँदा एमालेलाई राष्ट्रपति दिने सहमति गरेका प्रचण्डले बोली फेरेको भन्दै एमाले असन्तुष्ट छ।

शनिबार उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले एमालेले प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि थप निर्णय गर्ने तयारी गरेको छ। उसले शनिबार बिहान पार्टी सचिवालय बैठक बोलाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करिब साढे २ घन्टा छलफलपश्चात एमाले अध्यक्ष केपी ओली बाहिरिएलगत्तै कांग्रेसको इन्ट्री भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालुवाटारमा कांग्रेसको इन्ट्री


तपाईको कमेन्ट लेख्नुहोस्