Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

अखिलमा नयाँ कार्यसमिति लागि मतदान सुरु


काठमाडौं, ४ फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु हुँदैछ ।

बिहान ९ बजेबाट सुरु हुने भनिए पनि प्राविधिक कारणले मतदान सुरु हुन सकेको छैन् ।

अखिलको अध्यक्षका लागि निर्वतमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, मोति विश्वकर्मा र महासचिव समिक बडाल उम्मेदवार रहेका छन् ।

निर्वाचनबाट आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी तथा अनुशासन, लेखा र निर्वाचन गरी तीन आयोग निर्वाचित हुनेछन् ।

इलेक्ट्रोनिक भोटिङ मशिनमा प्राविधिक समस्या आएको कारण मतदान सुरु हुन ढिलाइ भएको बताइएको छ ।  केहि समयपछि मतदान सुरु हुने बुझिएको छ ।

मतदान अपरान्ह ५ बजेसम्म जारी रहने निर्वाचन कार्यतालिका रहेको छ । मतदानपछि आजै मतगणना हुने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अखिलमा नयाँ कार्यसमिति


तपाईको कमेन्ट लेख्नुहोस्