नदीजन्य पदार्थ उत्खनन गर्ने ६ वटा ट्रिप्पर चितवन प्रहरीको नियन्त्रणमा
चितवन । अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ट्रिप्परलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका वडा नंम्बर १० र ११ स्थित सडक खण्डबाट अबैध रुपमा नदीजन्य पदार्थ ल्याउँदै गरेको अवस्थामा ना ७ ख २९७५, ना ८ ख ४३७९, ना ७ ख ३७८२, ना ६ ख २२७०, ना ६ ख ६७२७ र बागमती प्रदेश ०३-००१ क ०८६५ नंम्बरको टिपरलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नदीजन्य पदार्थ उत्खनन गर्ने कार्यमा संलग्न रहेको सवारीसाधनहरुमाथि आक्रमक रूपमा प्रस्तुत हुँदै आएको चितवन प्रहरीले विभिन्न समयमा अप्रेसन समेत चलाउँदै आएको छ । सोही अप्रेसन अन्तर्गत प्रहरीले ६ वटा ट्रिप्परलाइ नियन्त्रणमा लिइ कार्वाही गर्न सफल भएको हो । नियन्त्रणमा लिइएको उक्त सवारी साधनलाइ आवश्यक कार्वाहीको लागी सम्बन्धि निकायमा पठाइएको चितवन प्रहरीका प्रमुख (एसपी) रामेश्वर कार्कीले जानकारी दिए ।
साथै, प्रहरीले नदीजन्य पदार्थहरुको उत्खनन भएको पाइए प्रहरी आक्रमक रूपमा प्रस्तुत हुने बताउँदै सो, कार्य कहिँ कतै भए गरेको पाइए तत्कालै आफ्नो नजीकैको प्रहरी कार्यालयमा खबर गर्न समेत अपिल गरेको छ । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय चितवनले खोलानालाबाट हुने चोरी निकासी रोक्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएसंगै यस क्षेत्रमा हुँदै आएको नदीजन्य पदार्थ उत्खनन् ठप्प भएको छ भने लुकिछिपी चोरी निकासी गर्दै आइरहेको सवारीसाधन समेत नियन्त्रणमा आइरहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, फोटो फिचर, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्