नेपालमा पनि विश्व क्यान्सर दिवस मनाइयो (फोटोफिचर)

काठमाडौ, २१ माघ – नेपालमा क्यान्सर सम्वन्धी विभिन्न सचेतना कार्यक्रम आयोजना गरि विश्व क्यान्सर दिवस मनाइएको छ। नेपाल क्यान्सर रिलिफ सोसाइटीले राजधानीमा आज सचेतना र्याली सम्पन्न गरेको छ। विश्वव्यापी महामारीका रुपमा रहेको क्यान्सर विरुद्ध लड्न विश्व समुदाय एकजुट हुने उदेश्यले प्रत्येक वर्ष फ्रेबुअरी ४ मा विश्वभर क्यान्सर दिवस मनाइन्छ। यो वर्ष “हेरचाहमा हुने असमनताको अन्त्य गरौं” “Close the care gap” भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइएको छ।
नेपाल क्यान्सर रिलिफ सोसाइटीका अध्यक्ष महेश श्रेष्ठले विकसित राष्ट्र र मध्यम र कम विकसित राष्ट्रवीच क्यान्सर रोगबाट अल्पायुमा हुने मृत्युदरको खाडल ठूलो भएको बताउनु भयो। अध्यक्ष श्रेष्ठले यो हेरचाहको अन्तर कम गर्नु आजको चुनौती भएकाले सबै मिलेर हेरचाहमा समानता खोज्नु पर्नेमा जोड दिनुभयो। स्वास्थ्य उपचारमा हुने पहुचमा कमी, आधुनिक प्रविधिको अभाव, आयश्रोतमा कमी, शिक्षा तथा प्रचारमा कमी, जीवनशैली तथा अन्य अभाव र असमर्थताका कारण मृत्युदर बढी भएको हो। श्रेष्ठले विश्वको जुनसुकै कुनामा रहेपनि शिक्षा र आर्थिक अवस्थाको स्तर जे जस्तो भएपनि क्यान्सर रोगबाट मानिसको अकाल मृत्युबाट बचाउन सबैले समान निदान र उपचार पाउने सुनश्चितता हुनुपर्ने बताउनु भएको छ।
कार्यक्रममा नेपाल क्यान्सर सोसाइटीका बोर्ड सदस्यहरु, चिकित्सक, समाजसेवी, स्वास्थ्यकर्मी, विद्यार्थी, ॐ शान्तिका सदस्यहरुको सहभागिता रहेको थियो। धिमेबाजा बजाउदै भृकुटीमार्ग प्रदर्शनी मार्ग बाट सुरु भएको प्रभातफेरी सहिदगेट, नयाँसडक, जुद्ध शालिक, रत्नपार्क, जमल हुदै पुन भृकुटीमण्डपमा आएर सम्पन्न भएको थियो। यसका साथै देशका विभिन्न भागमा सोसाइटीको शाखा कार्यालयहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ।
क्याटेगोरी : फोटो फिचर, समाचार, स्वास्थ्य
ट्याग : #hot, #nrcs nepal, #काठमाडौँं महानगरपालिका, #नेपाल अर्बुद रोग निवारण सस्था, #महेश श्रेष्ठ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्